मेल्लेख गाउँपालिकामा विपद व्यवस्थापन समितिको आपतकालिन बैठक सम्पन्न


पैरवी खबर

मंगलसेन – अछामको मेल्लेख गाउपालिकामा विपद व्यवस्थापन समितिको आपतकालिन बैठक सम्पन्न भएको छ ।

मेल्लेख गाउपालिकाका अध्यक्ष तथा बिपद व्यवस्थापन समिति सयोजक ज्वाला सिंह साउदको अध्यक्षतामा भएको बैठकले यहि कात्तिक २२ गते राति आएको भुकम्पका कारण मेल्लेखमा भएको क्षेतिको विवरण संकलन गर्न कार्यदल गठन गरेको छ । कार्यदलमा मेल्लेखका जनप्रतिनिधि कर्मचारी सहितको टोलि रहेको छ ।

भोलि देखि क्षेति भएको घरको एकिन तथ्यांक संकलन गरि पुर्ण रुपाम क्षेति भएका घरलाई गाउपालिकाले  सुरक्षित स्थान बसाइ व्यवस्थापन गर्न पहल सुर गर्ने र तत्काल पुर्ण रुपमा क्षेति पुगेको घरलाई पाल सहयोग गरिने जनाएको छ । मेल्लेखमा पनि अनुमानित १ सय ५० भन्दा बढि घरमा क्षेति भएका छ । सामान्य रुपमा मेल्लेखमा सबै घरहरू चर्किएको स्थानीय भनाइ छ ।

बैठकमा  मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र साउद, वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश अधिकारी, वडा नम्बर ६ का अध्यक्ष तिलक कडायत, वडा नम्बर ७ का अध्यक्ष प्रेमबहादुर महर, आस्था नेपाल फिल्ड अधिकृत तथ विपद समिति सदस्य भ्वानसिह सार्की,लगायत विपद व्यवस्थापन समितिको पदाधिकारी लगायतको सहभागिता रहेको थियो । बैठकको संचालन विपद समिति सचिव नमराज बहादुर शाहीले गर्नु भएको थियो ।

यस्तै भुकम्पबाट पुर्ण रुपमा क्षेति भएर घर बाहिर बसेर गुजारा गरिरहेका मेल्लेख गाउपालिका वडा नमबर ५ बिन्धेबासनिको कौलेनाका रण बहादुर खडकाको घरमा मेल्लेख गाउपालिकाको टोलि पुगेको छ ।

मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिह्ं साउदको नेतृत्वमा गएको टोलिले उहाको घरमै पुगेर क्रिपाल सहयोग गरेको छ । सबैलाई सुरक्षित रहन पनि मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिंह साउदले आग्रह गर्नु भएको छ ।