अछाम निर्वाचन क्षेत्र नं १ को सत्ता गठबन्धन नेपाली कांग्रेश, माओवादी केन्द्र र एकीकृत समाजवादीको वृहत चुनावी आमसभा रामारोशन गाउँपालिकाको मुजाबगरमा सम्पन्न भएको छ ।
माओवादी केन्द्रका रामारोशन गाउँ कमिटी अध्यक्ष शेरबहादुर बोहराको अध्यक्षतामा भएको चुनावी आमसभाका प्रमुख अतिथि एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष प्रमेश हमाल रहनुभएको थियो । वृहत चुनावी आमसभामा बोल्दै केन्द्रिय उपाध्यक्ष हमालले तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई नै धरापमा पारेकाले गठबन्धन बनेको बताउनुभएको छ ।उहाँले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीले संविधानलाई नै धरापमा पार्ने र लोकतन्त्रलाई स्वेच्छाचारीतन्त्रमा परिणत गर्ने प्रयत्न गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको गठबन्धन बनेको बताउनुभयो । केन्द्रिय उपाध्यक्ष हमालले लोकतन्त्रका लागि लड्ने, संविधान निर्माणका लागि पनि महत्त्वपूर्ण योगदान पुर्याउने र गणतन्त्रका लागि लड्ने राजनीतिक दलबीच गठबन्धन बताउदै त्यसको फैसला गर्ने अधिकार अब नेपाली जनताको हातमा रहेको धारणा व्यक्त गर्नुभयो । बाईट
चुनावी आमसभामा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का प्रतिनिधि सभाका उम्मेद्बार शेरबहादुर कुँवरले केही समुह चुनाव हार्ने डरले जातीयता, क्षेत्रीयताको नारा लगाएर समाजलाई भाड्ने काम गर्ने प्रयासमा रहेको भन्दै सजक रहन आग्रह समेत गर्नुभयो । गठबन्धले जित्ने सुनिस्चित भएपछि षड्यन्त्र भईरहेको बताउदै सजक रहनु पर्नेमा जोड दिनुभयो । उहाँले संविधानलाई टोकरीमा फ्याँकिदिनेका विरुद्ध यो गठबन्धन भएको बताउनुभयो ।
नेपाली काग्रेशका निवर्तमान पार्टी सभापति भरत कुमार स्वारले गठबन्धका उम्मेदवारलाई जिताउन लाग्न सम्पुर्णलाई लाग्न आग्रह गर्नुभयो । एक एर्कालाई संकाको दृस्ठिले नहेर्न आग्रह गर्नुभयो । काग्रेशले गठबन्धनलाई एक ईन्च पनि धोका नदिने धारणा व्यक्त गर्नुभयो ।
चुनावी आम सभामा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य युवा नेता दिपक साउदले गठबन्धनको जित सुनिश्चित भईसकेको दाबी गर्नुभयो । उहाले गठबन्धनका उम्मेदवारलाई बिजयी घोषणा गर्न मात्र बाकी रहेको धारणा व्यक्त गर्नुभयो ।
चुनावी आमसभा बोल्दै नेपाली काग्रेश प्रदेशका महामन्त्री प्रदेश क का उम्मेदवार मेघराज खड्काले आफू कुनै एक दलबाट उम्मेदवार भए पनि जितिसकेपछि साझारुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चुनावी आमसभामा एकीकृत समाजवादीका केन्द्रीय सचिब गरिमा शाह, पोलिटव्युरो सदस्य गणेश विक, माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य तारामान स्वार, निर्वाचन क्षेत्र नं १ प्रदेश ख प्रदेशका उम्मेदवार झपट साउद, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य झकर साउद भाष्कर, एकीकृत समाजवादी केन्द्रिय सदस्य अछाम ईन्चार्ज कुलबहादुर कुँवर, मिना साउद, सुदुरपश्चिम् प्रदेस सरकारका आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारि, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार डम्मर सुनार, प्रदेश सभाका समानुपातिक उम्मेदवार टिकाराम खनाल, केशरी रेग्मी , नेपाली काग्रेशका नेता ध्वजबहादुर कुँवर ,काग्रेश प्रदेश कार्यसमिति सदस्य अनुराधा स्वाँर, भक्त ठक्कुला, रुपा आउजी, नेकपा माओवादी केन्द्रका अछाम संयोजक रबिन्द्र साउद, प्रदेश कमिटी सदस्य गोबिन्द साउद, मनोज रावल, एकीकृत समाजवादीका प्रदेस कमिटी सदस्य हिक्म्त कुँवर, डम्मर नेपाली ,महा समिति सदस्य नृप साउद लगायतका नेताको सहभागीता रहेको थियो । एकीकृत समाजवादिका नेता प्रभुनाथ खनालले स्वागत मन्तव्य राख्नु भएको चुनावी आम सभाको सन्चालन नेपाली काग्रेशका क्षेत्रीय सचिव पुर्ण बिकले गर्नुभएको थियो ।