करेन्ट लागेर साँफेबगरमा एक युवकको मृत्यु


पैरवी खबर

अछाम : करेन्ट लागेर साँफेबगरमा एक युवकको मृत्यु भएको छ ।
साँफेबगर नगरपालिका -०९ बुढाकोट चौरपिपल घर भै हाल साँफेबगर एयरपोर्ट बजार बस्दै आउनु भएका २३ वर्षिया बबि साउदको छोरा तपेन्द्र साउदको मृत्यु भएको हो ।
उनको छिपेखोला स्थित एक घरमा प्लास्टरको काम गरिरहेको बेला अचानक छ्तमा करेन्ट लागेर मृत्यु भएको हो
मृतकका श्रीमती र दुइटा छोरी रहेका छन ।