निराजन भण्डारी
अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार चन्द्र प्रसाद ढुंगानाले घर दैलो तथा कार्यकर्ता भेटघाटका क्रममा जनताबाट सकारात्मक सुझाव तथा अमुल्य माया पाएको बताउनु भएको छ ।
अछाम अनलाइन मिडिया सँगको कुराकानीमा ढुंगानाले जनताका सामान्य समस्या पनि समाधान हुन नसकेको बताउँर्दै स्थानीय सरकारले जनतालाई खानेपानी सडकमा सहज तरिकाले यात्रा गर्ने वातावरण सिर्जना नगरेको प्रति दुख व्यक्त गर्नुभयो ।
यसभन्दा अगाडी विभिन्न राजनीतिक दलहरूले दिएका उधारा आश्वासन पुरा नभएको गुनासो मतदाता बाट आएकाले यो पटक स्वतन्त्र उम्मेदवार अर्थात् आफुलाई मतदान गर्ने कुरामा विशोष्त रहेको पनि उहाँको भनाइ रहेको छ ।
ढुंगानाले आफनो उम्मेदवार कसैको विरुद्धमा नभई जनताको सेवक बनी काम गर्ने अवसर प्राप्त गर्नको लागि भएको बताउनुभयो ।
अछाम क्षेत्र नम्बर २ का जनताका समस्या तथा गर्नुपर्ने विकास निर्माणका कामको बारेमा संसद् सम्म कडा रूपमा आवाज उठाउन आफु योग्य रहेको ढुंगानाको दाबी रहेको छ ।
क्षेत्र नम्बर २ को समग्र विकासको लागि आफुु सँग प्रस्ट योजना रहेको बताउँदै उहाँले उधारा आश्वासन दिन आफुले नजानेको र सक्ने जति काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
साथै उहाँले कतिपय राजनीतिक दलहरूले आर्थिक चलखेलमा चुनाव जित्ने गरेको भन्दै आफु त्यो पक्षमा नरहेको समेत प्रस्ट पार्नुभयो ।
आउँदो मङ्सिर ४ गते हुने निर्वाचनमा जनताले आफुसलाई मतदान गरी संसद् सम्म बोल्ने वातावरण सिर्जन गर्ने बताउँर्दै ढुंगानाले अछामको विकास लागि चुनाव चिन्ह माछामा मतदान गरिदिन मतदातालाई अनुरोध समेत गर्नुभयो ।