सत्ता गठबन्धनको घरदैलो कार्यक्रम साँफेबगर नगरपालिका- १३ बाब्लामा सम्पन्न


पैरवी खबर

सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम साँफेबगर नगरपालिका वडा नं. १३ वाव्लामा सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका महामन्त्री, एवंम् प्रदेश (क) का उम्मेदवार मेघराज खड्काले आफू तीनै पार्टीको साझा उम्मेद्वार भएको बताउनुभएको छ । पार्टीका शिर्ष नेताहरुले मिलेर चुनावमा जाने गरेका निर्णयका कारण आफू कांग्रेससँगै माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको धारणा व्यक्त गर्नुभयो । तीन पार्टीका नेताहरुलाई कुनै हिनतावोध नलिएर गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा लाग्नको लागि आग्रह गर्नुभयो । उहाँले आफू निर्वाचित भएमा साँफेबगर र चौरपाटी गाउँपालिकाको गुरुयोजना बनाएर अघि बढ्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका नेता ध्वज बहादुर कुँवर, एकिकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जित बहादुर निशानी, माओवादीका प्रदेश कमिटी सदस्य मनोज रावल, एकिकृत समाजवादीका जिल्ला कमिटी उपाध्यक्ष विर्मलादेवि वुड्थापा, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्ण वुढा, महासमिति सदस्य नृप साउद, भगवति खनाल, तपेन्द्र खड्का लगायतको सहभागिता रहेको थियो ।