मेल्लेख गाउँपालिका वडा न. ५ मा बाम लोकतान्त्रिक गठबन्धनको बैठक विभिन्न निर्णय गर्दै सम्पन्नभएको छ ।
बैठकमा मोति साउदको संयोजकत्वमा ५१सदस्यीय चुनाव परिचालन समिति गठन र युवराज खड्काको सयोजकत्वमा २१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ ।
वडा सभापति मोती साउदको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य ईश्वरी थापा प्रमुख अतिथि रहनुभएको थियो भने एकीकृत समाजवादी प्रदेश सदस्य डम्बर नेपाली बिशिस्ट रहनुभएको थियो ।
नेपाली काङ्ग्रेस पुर्ब जिल्ला सदस्य धन बहादुर शाह , क्षेत्रीय सभापति पदम खड्का , एकीकृत जिल्ला सदस्य नृप साउद , प्रवास संघ भारतका पहल ओड , माओवादी केन्द्र जिल्ला समन्वय सदस्य वीर बहादुर साउद , अखिल क्रान्तिकारी केन्द्रिय सचिव गम्भीर साउद , नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य पुस्प खड्का , मेघराज रोकाया , गाउपालिका सभापति खकेन्द्र साउद , उप सभापति प्रकाश खड्का अतिथि रहनुभएको थियो ।
बैठकको संचालन प्रेम बोहराले गर्नुभएको क्रान्तिकारी केन्द्रिय सचिव गम्भीर साउदले जानकारी दिनुभयो ।