अछाम निर्वाचन क्षेत्र नं १ अन्र्तगत प्रदेश (क) को सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम साँफेबगर नगरपालिका वडा नं. १० घुघुरकोटमा सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका महामन्त्री, एवंम् प्रदेश (क) का उम्मेदवार मेघराज खड्काले गठबन्धनका उम्मेदवार तीनै पार्टीका साझा उम्मेद्वार भएका कारण कुनै संकोच नमानेर चुनाव जिताउन लाग्न आग्रह गर्नुभएको छ । उहाँले आफू निर्वाचित भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका सामूहिक एजेण्डा लिएर प्रदेश सभामा प्रस्तुत हुने बताउनुभयो । प्रदेशमा आफूले र संघका एकिकृत समाजवादीका केन्द्रिय सदस्य, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का उम्मेद्बार शेर बहादुर कुँवर विजय भएमा विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन सहज हुने धारणा व्यक्त गर्नुभयो । घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका नेता ध्वजबहादुर कुँवर, प्रदेश कार्यसमिति सदस्य रुपा आउजी, एकिकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जितबहादुर निशानी, माओवादीका प्रदेश कमिटी सदस्य मनोज रावल, एकिकृत समाजवादीका जिल्ला कमिटी उपसचिव हिक्मत कुँवर, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्ण वुढा, महासमिति सदस्य भगवति खनाल, जयन्द्र स्वाँर, तपेन्द्र खड्का, महाधिवेशन प्रतिनिधि कृष्ण कुँवर लगायतको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रम कार्यक्रमको सञ्चालन नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सचिव भक्त कुँवरले गर्नुभएको थियो ।