अछाम निर्वाचन क्षेत्र नं १ को सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम बान्निगढी जयगढ गाउँपालिकाको वडा नं ५ कालिकामा आज सम्पन्न भएको छ । घरदैलो अभियान कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का उम्मेद्बार शेर बहादुर कुँवरले नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्व बनेको सरकारले वाम गठबन्धनलाई प्राप्त भएको जनमतको दुरुपयोग गरेको बताउनुभएको छ । वाम गठबन्धनको मतको सदुपयोग गर्नुको सट्टा अवसरको अधिकांश समय र ऊर्जा सर्वसत्तावादी शासन स्थापना गर्नमा खर्चिएको मन्त्री कुँवरको भनाई रहेको छ । उहाँले ओलीको नेतृत्वमा सरकार बनेको क्षणदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली माथि प्रहार हुँदै गएपछि ओलीकै कारण विशाल दुई कम्युष्टि पार्टी अलग अलग हुने अवस्था आएको उहाँको भनाई रहेको छ । ओलीको निरंकुश शैलिका कारण एमालेबाट विद्रोह भएर एकिकृत समाजवादी पार्टी निर्माण गर्ने पार्टीका अध्यक्ष माधव नेपाल वाध्य भएको मन्त्री कुँवरको भनाई रहेको छ । उहाँले अव गठबन्धन सरकार बनेपछि अछामको समृद्धिको लागि पहल हुने बताउनुभयो । घरदैलो चुनावि कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका निवर्तमान पार्टी सभापति भरत कुमार स्वाँरले सत्ता गठबन्धनलाई धोका दिन व्यक्ति पार्टीको सच्चा कार्यकर्ता बन्न नसक्ने जिकिर गर्नुभएको छ । सत्ता गठबन्धनको जित नै नेपाली कांग्रेसको जित भएका कारण गठबन्धनका उम्मेद्वारलाई जिताउनको लागि सम्पूर्ण कांग्रेसका नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । घरदैलो अभियान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकर साउद भाष्कर, एकीकृत समाजवादी केन्द्रिय सदस्य, अछाम सहईन्चार्ज मिना साउद, कांग्रेसका प्रदेश कार्यसमिति सदस्य अनुराधा स्वाँर, समाजवादीका केन्द्रीय परिषद सद्स्य धुर्बादेवी कुँवर, नेकपा माओवादी केन्द्रका अछाम संयोजक रबिन्द्र साउद, नेपाली कांग्रेसका महासमिति सदस्य नृप साउद, मेल्लख गाउँपालिकाका निवर्तमान अध्यक्ष लोक बहादुर वोहरा लगायतको सहभागिता रहेको थियोे ।