अछाम निर्वाचन क्षेत्र नं १ को सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम बान्निगढी जयगढ गाउँपालिकाको वडा नं ३ वर्दादेवि र वडा नं ४ तिमिल्सैनमा आज सम्पन्न भएको छ । घरदैलो अभियान कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का उम्मेद्बार शेरबहादुर कुँवरले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तीनै पार्टी साझा उम्मेदवार भएको बताउनुभएको छ । उहाँले आफूहरुले यस क्षेत्रबाट विजय भएर प्रदेश देखि केन्द्रमा गएर तीनै पार्टीको भावना अनुसार अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । अछामको विकासको लागि भने कुनै भेदभाव नगरेर काम गर्ने मन्त्री कुँवरको भनाई रहेको छ । मन्त्री कुँवरले संविधान नै असफल हुने दुर्भाग्यपूर्ण अवस्था सृजना भएपछि पाँच दलीय गठबन्धन बनेको बताउनुभयो । संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थको लागि गठबन्धन दलको जित आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । वाईट
घरदैलो कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अछाम ईन्चार्ज एवम् प्रदेश (ख) का उम्मेदवार झपट साउदले अहिलको गठबन्धन चुनाव जित र हारको लागि नभई अहिलेसम्मका उपलव्धिको रक्षाको लागि भएको धारणा व्यक्त गर्नुभयो । अहिलेको सत्ता गठबन्धनले जित्नु भनेको देशले जित्नु भएका कारण तर्क वितर्क नगरी चुनाव जिताउने अभियानमा लाग्न सम्पूर्णमा आग्रह समेत गर्नुभयो । घरदैलो चुनावि कार्यक्रममा वोल्दै नेपाली कांग्रेृका निवर्तमान पार्टी सभापति भरत कुमार स्वाँरले गठबन्धनका उम्मेदवारलाई जिताउन तीनै पार्टीका नेता कार्यकर्ताले ईमान्दारिता देखाउनु पर्नेमा जोड दिनुभएको छ । केन्द्रबाट बनेको गठबन्धन भएका कारण आफ्ना नीहित स्वार्थमा नलागेर चुनाव जिताउने अभियानमा लाग्नको लागि आग्रह समेत गर्नुभयो । घरदैलो अभियान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकर साउद भाष्कर, एकीकृत समाजवादी केन्द्रिय सदस्य, अछाम ईन्चार्ज कुलबहादुर कुँवर, केन्द्रिय मिना साउद, प्रदेश कार्यसमिति सदस्य अनुराधा स्वाँर, समाजवादीका केन्द्रीय परिषद सद्स्य धुर्बादेवी कुँवर, नेकपा माओवादी केन्द्रका अछाम संयोजक रबिन्द्र साउद, प्रदेश कमिटी सदस्य गोबिन्द साउद, मनोज रावल, नेपाली कांग्रेसका महासमिति सदस्य नृप साउद, अर्जुन ताम्रकार, मेल्लख गाउँपालिकाका निवर्तमान अध्यक्ष लोकबहादुर वोहरा लगायतको सहभागिता रहेको थियोे ।