अछाम :खप्तड छेडेदह गाउँपालिका १ काडा बाजुरा ५१ वर्ष का बिष्णु रोकाय ४०दिनअघि लडेर घाउ भएको थियो । स्वास्थ्यकर्मी ले चेक नगरी टाका लगाई दिएछन फेरि घाउ पाक्दै गएपछि त्यहाँको स्वास्थ्य चौकीमा उपचार गर्न छोडेर साँफेबगरमा रहेको रोयल हेल्थ केयर सेन्टर आए ! घाउको प्रकृति हेर्दा केही बाहिरि बस्तु जस्तो संका लागेर (Incision and drainage) गरेर हेर्दा मेलको कोठ टुक्रा (ठोसो) भेटियो। काडा स्वस्थ्य चौकीमा उपचार गर्दा त्यहा स्वस्थ्य कर्मीले लापरबाहीले उनलाई चासो दिएन ,त्यहाँ राम्रो उपचार नहुने थाहा पाय पछि उनी उपचार लागि हाम्रो ठाउँ आउनु भो चेक गर्दा उनको खेत जोत्ने क्रममा ४० दिन अगाडि लडेर त्यस्तो समस्या भएको थियो ।
अहिले धेरै मेहनत गरेर काठको टुक्रा निकालियो पहिले धेरै दुख्ने घाउ पाकेर हिड्न नसक्ने अवस्था थियोे अहिले उनलाइ सहज भएको रोयल हेल्थ केयर सेन्टर का स्वास्थकर्मी H.A शंकर सिंह ले बताउनु भयो । यस्ता खाल का धेरै बिरामी आउछन् उनीहरुको को सफल उपचार गरेर पठाइ सकेका छौ सिंह को भनाइ रहेकोे छ।
त्यहाँ स्वास्थ चौकीमा उपचार गरेर घरमा बसेको भए पछि मलाई ठुलो समस्या हुने थियो । उपचार गरे उनीहरुले मेरो खासै चेक नगरी त्यतिकै टाका लगाइ दिए, घाउ ठिक नभए पछि रोयल हेल्थ केयरमा आए अहिले मलाई सहज महसुस भएको छ । म पहिले हिड्न सक्ने अवस्था थिएन अहिले हिंड्न् सक्ने भएको छु बिरामी बिष्णु रोकायाले बताए ।
रोयल हेल्थ केयरले जनरल फिजिसियन देखि विशेषज्ञ चिकित्सक द्धारा सर्वसुलभ शुल्कमा गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिदै आएको छ । गरिब असाह्य बिपन्न बर्गहरुको लागि स शुल्क रूपमा सेवा दिदै आएको छ।
आधुनिक चिकित्सा पद्दति अन्तर्गत रहेर रोयल हेल्थ केयरले स्वास्थ्य सेवा दिइरहेको छ । २४ घण्टा सेवाहरु दिदै रहेको छ भने अनुभवि स्वास्थ्यकर्मि तथा विभिन्न उपकरण जस्तै भिडियो एक्स–रे, अत्याधुनिक प्रयोगशालाले सु–सज्जित स्वास्थ्य संस्थाले विविध समस्याहरु , महिलाका समस्या, छालाका समस्याहरु, पेटका विविध विरामहरु, टाउकाको समस्या, थाइराइड तथा मधुमेहको समस्या विभिन्न समस्याहरुको सहज तरिकाले उपचार गर्दै आएको रोयल हेल्थ केयर सेन्टरका संचालक नारायण शाहले बताएका छ्न ।