सत्ता गठबन्धनको घरदैलो कार्यक्रम साँफेबगर नगरपालिकाको रिडिकोट र चण्डिकामा सम्पन्न


पैरवी खबर

सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोट र वडा नं ८ चण्डिकामा सम्पन्न भएको छ । घरदैलो अभियान कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का प्रतिनिधि सभाका उम्मेद्बार शेरबहादुर कुँवरले अछाम क्षेत्र नं.१ मा नेकपा एमाले भन्दा सत्ता गठबन्धनको मत दोव्वरले वढी रहेको दावि गर्नुभएको छ । उहाँले स्थानीय निर्वाचनको मतलाई हेर्दा सत्ता गठबन्धनको मत ३४ हजार रहेको बताउनुभयो । नेकपा एमालेसँग जम्मा १६ हजार मत मात्रै रहेको कारण सत्ता गठबन्धनको जित सुनिश्चित रहेको बताउँदै तीनै पार्टीको इमान्दारिता रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नेकपा एमालेका १६ हजार मतलाई आफूले ताछ्ने अझै कममा झाड्ने दावि गर्नुभयो । वाईट
नेपाली कांग्रेसका प्रदेशका महामन्त्री एवम् प्रदेश (क)का उम्मेदवार मेघराज खड्का पनि स्थानीय तहको मतभार हेर्दा गठबन्धनको जित सुनिस्चित रहेको दाबी गर्नुभयो । उहाँले अछाम क्षेत्र नं १ का पाँच पालिकामा गठबन्धनको नेतृत्व भएका कारण तिनै मतका आधारमा गठबन्धनले जित्ने बताउनुभयो । उहाँले गठबन्धन गर्दा सबै क्षेत्रमा एक पार्टीले सिट पाउने सम्भावना नरहेको बताउँदै गठबन्धनको मर्म बुझेर नेता कार्यकर्ता अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार डम्बर सुनारले अछामको विकास निर्माणको लागि गठबन्धनको नेतृत्व आवश्यक रहेको बताउनुभयो । गठबन्धनले जित्नु भनेको देशले जित्नु भएका कारण अहिले कुनै तर्क वितर्क नगरी चुनावनमा जिताउने अभियानमा लाग्नु पर्ने धारण व्यक्त गर्नुभयो ।
घरदैलो अभियान कार्यक्रममा एकीकृत समाजवादी केन्द्रिय सदस्य, अछाम ईन्चार्ज कुलबहादुर कुँवर, नेपाली काग्रेसका निवर्तमान पार्टी सभापति भरत कुमार स्वाँर, समाजवादीका केन्द्रिय सदस्य मिना साउद, कांग्रसका प्रदेश कार्यसमिति सदस्य रुपा आउजी, समाजवादीका केन्द्रीय परिषद सदस्य धुर्बादेवी कुँवर, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मनोज रावल, नेपाली कांग्रेसका नेता धोजबहादुर कुँवर, नेपाली काँग्रेशका क्षेत्रिय सभापति कृष्ण बुढा, महासमिति सदस्य नृप साउद, भगवती खनाल, लगायतको सहभागिता रहेको थियोे । नेपाली कांग्रेसका साँफेबगर नगरपालिका वडा नं ७ का सभापति चक्र राईजुले स्वागत मन्तव्य राख्नुभएको घरदैलो कार्यक्रमको सन्चालन अनेरास्ववियु (क्रान्तिकारी) का सुदुरपश्चिम् कमिटी उपाध्यक्ष बैजन्ती कुँवरले गर्नुभएको थियो ।