सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त चुनावी रणनीति बैठक चौरपाटीमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस चौरपाटी गाउँ कार्य समितिका सभापति धर्म साउदको अध्यक्षतामा भएको चुनावी रणनीति कार्यक्रम प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का प्रतिनिधि सभाका उम्मेद्बार शेरबहादुर कुँवर रहनु भएको थियो ।
बैठकमा बोल्दै मन्त्री कुँवरले :
अहिलेको गठनको कुनै व्यक्तिले नभई केन्द्रले बनाएको कारण चुनावी अभियानमा एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले गठबन्धनका विरुद्ध जाने नेता कार्यकर्ता सच्चा पार्टीको नेता बन्न नसक्ने बताउनुभयो । यो गठबन्द कुनै प्राप्तिका लागि नभई केपी ओलिको निरंकुशका विरुद्ध भएका कारण सत्ता गठनको जित अहिलेको आवश्यकता भएको मन्त्री कुँवरको भनाई रहेको छ ।
कार्यक्रममा बिशिष्ठ अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्व सूचना तथा संचारमन्त्री राज्यमन्त्री गोविन्द बहादुर शाहले निर्वाचनमा पार्टीको चुनाव चिन्ह हेर्ने नभई केन्द्रका नेताले गरेको निर्णय पार्टीका नेता कार्यकर्ताले शिरोधार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिलेको गठबन्धन सत्ता प्राप्तिको लागि मात्र नभई संविधान लोकतान्त्रको रक्षाको लागि भएको बताउदै बाम लोकतान्त्रिक गठनबन्धनलाई जिताउन लाग्न नेता कार्यकर्ता निर्देशन दिनुभयो । नेपाली काग्रेशका प्रदेशका महामन्त्री प्रदेश क का उम्मेदवार मेघराज खड्काले साझा उम्मेदवार बन्दा कुनै नै कुनै क्षेत्रबाट छोड्नु पर्ने भएका कारण साझा विचारका साथ जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफूलाई निर्वाचित गराएमा समग्र अछामको विकासको लागि आवाज उठाउने धारणा व्यक्त गर्नुभयो । माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् प्रदेश ख का उम्मेदवार झपट साउदले गठबन्धनका उम्मेदवारले हार्नु भनेको राष्टले हार्नु भएका कारण गठबन्धमा सबै पार्टीका नेता कार्यकर्ताले ईमान्दार भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
चुनावी रणनीति कार्यक्रममा एकीकृत समाजवादी केन्द्रिय सदस्य कुलबहादुर कुँवर, मिना साउद, केन्द्रिय परिषद सदस्य शिवबहादुर कुँवर शिलोज,
धुर्बादेबी कुँवर, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार डम्बर सुनार,माओवादी केन्द्रका जिल्ला संयोजक रबिन्द्र साउद, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य गोबिन्द साउद, नेपाली काँग्रेशका क्षेत्रिय सभापति कृष्ण बुढा, महासमिति सदस्य नृप साउद, भगवती खनाल, महाधिवेशन प्रतिनिधि एवम् साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुँवर माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य गोबिन्द साउद लगायतको सहभागिता रहेको थियोे ।
एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य एवम् चौरपाटी गाउँपालिका कमिटी ईन्चार्ज हर्कबहादुर साउदले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संचालन माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रामबहादुर थापाले गर्नुभएको थियो।