साफेबगर
नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ समन्वय कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी एमाले निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ समन्वय कमिटीका संयोजक बालगिरी कुँवरको अध्यक्षताम बसेको बैठकले अर्थिक प्रतिवेदन प्रस्तुत र अनुमोदन गर्ने निर्णय गरेको छ। यस्तै बैठकले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्ने निर्णय गरेको छ।
बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार झपट बहादुर बोहरा रहनु भएको थियो।
यस्तै बैठकमा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्द, प्रदेश सभा सदस्य पदका उम्मेदवार देव बहादुर कुँवर, समानुपातिक उम्मेदवार राधिका भुजेल, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवर लगाएत पार्टीका जिल्ला कमिटी, नगर कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।