नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न


पैरवी खबर

साँफेबगर ।

नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। बैठकले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि विभिन्न उप–समितिहरु गठन गरेको छ।

बैठकले साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा एक सय ५१ जना सदस्य रहने गरी निर्वाचन परिचालन तथा आर्थीक उपसमिति कमिटी गठन गरेको छ। यस्तै नगर कमिटीको आयोजना गरेको उक्त बैठक मार्फत विजया दशमि तथा दीपावलीको शुभकामना आदान प्रदान समेत गरीएको थियो।

साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथि केकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सेना रहनु भएको थियो। बैठकमा बोल्दै प्रमुख अतिथि तिमिल्सेनाले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउन सबैमा आग्रह गर्नु भएको थियो।

यस्तै बैठकका विशिष्ठ अतिथि नेकपा एमाले सुदूरपश्चम प्रदेश कमिटी तथा प्रदेश सभा सदस्यका उम्मेदवार देव बहादुर कुँवर रहनु भएको थियो। यस्तै बैठकमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। मंसिर चार एमालेको सरकार भन्ने मुल नाराका साथ बैठक सम्पन्न भएको थियो। साँफेबगर नगर कमिटी उपाध्यक्ष ललित रैगाईले स्वागत मन्तव्य राख्नु भएको बैठकको संचालन सचिव ललित बोगटीले गर्नु भएको थियो।