बोर्ताका एक सय तेह्र विस्थापित घरपरिवारलाई राहत वितरण


पैरवी खबर

शेरबहादुर सार्की
बाजुरा ,आसोज २७ गते । हिमाली गाउँपालिका वडा नं ४ बोर्ताका बाढिपहिरोबाट विस्तापित ११३ घरपरिवारलाई राहत वितरण गरेको छ ।गत असोज १९ देखि २३ गते सम्म बाजुरामा लगातार परेको अविरल वर्षातका कारण हिमाली गाउँपालिका वडा नं –४ बोर्ताका ११३ घरपरिवार बाढीपहिरोबाट विस्तापित भएका थिए ।

विस्तापित भएका परिवारलाई तत्काल केही सहज हुने गरी राहत वितरण गरेको हिमाली गाउँपालिकाले जनाएको छ ।हिमाली गाउँपालिका प्रमुख प्रशासीय अधिकृत राजबहादुर भण्डारीले, विस्तापित भएका ११३ घरपरिवारलाई अहिले निकै समस्या भएकोले ती परिवारकालाई केही दिन त्रिपालमुनी बास बस्न खान लगाउँन सहज हुने गरी सो राहत वितरण गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, अहिले प्रत्येक परिवारलाई ५० किलो चामल, एक त्रिपाल भाँडा, नुनु, तेल लगायतका खाद्यान सामाग्री वितरण गरेको हो ।

जोखिममा परेका घरपरिवारका लागि गाउँ बस्न नसकिने भएपछि उनीहरु सबै परिवार विस्थापित् भएका हुन् ।विस्तापित भएका सबै परिवार अहिले हिमाली गाउँपालिका –४ को बोर्ताको मन्दिर र डाँडामाथी सुक्षित् स्थानमा त्रिपाल मुनि दिनरात काट्न बाध्य भएका छन् ।

गाउँको बस्तीमा भएको खेतीयोग्य जमिन समेत अहिले बगिरहेको छ । बर्षाको कारण पाकेर भित्र्याउन लागेको अन्नबाली पुर्णरुपमा क्षेती भएपछि स्थानीयलाई हिउँदको महिनामा समेत निकै भोकमरी हुने भएको छ ।

हिमाली गाउँपालिका वडा नं –४ बोर्ताका विस्तापित कर्णबीर भण्डारीले, गाउँपालिकाले हाम्रो यो पीडामा केही मलम हुने गरी अहिले तत्काल चामल, त्रिपाल, कम्बल र भाडा उपलब्ध गराइएपछि केही दिनका लागि निकै सहज भएको बताउनुभयो ।उहाँले भन्नुभयो, अहिले हाम्रो खुल्ला आकाशको बास थियो, पानीमा भिजिरहेका छौ, आज देखि त्रिपालमुनीको बास र मुखमा गाँस पाउँदा निकै सहज भएको बताउनुभयो ।

गाउँपालिकाले कोरोनाको बेलामा पनि स्थानीय सहज हुने गरी केही सहयोग गर्दै आएको भण्डारीले भन्नुभयो, “अहिले पनि यस्तो बेलामा बाटो पुलको समस्या हुँदा पनि भरिया खच्चर मार्फत राहत ढुवानी गरेर वितरण गर्दा स्थानीय सरकारले धेरै काम गरेको महसुस भयो । ,,

यती बेला स्थानीयहरुले दीर्घकालिन समाधान खोजिरहेका छन । सुरक्षीत् स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने देखिन्छ यसको लागि गाउँपालिकाको एकल श्रोतले धान्न नसक्ने हुँदा सङ्घीय,प्रदेश सरकारको सहयोग आवश्यक भएकोले त्यसका लागि अहिले सङ्घीय तथा प्रदेश सरकार सँग सहयोग मागिरहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।

हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले, गत वर्खाको समय सडक ,बाटो, पुल पुलेसा सबै अवरुद्ध भएर खाद्यान ढुवानी गर्न समस्या भएकै समयमै बाढीपहिरोबाट हिमाली गाउँपालिकाका ११३ घरपरिवार फेरि विस्तापित हुँदा निकै पीडा बोध भएको बताउनुभयो ।उहाँले भन्नुभयो, अहिले ती विस्तापित परिवारलाई केही सहज हुने गरी तत्काल चामल नुन तेल भाँडा लगायतका खाद्यान वितरण गरेको छ ।

अहिले उनीहरु बसेको ठाउँमा खानेपानी शौचालय र थप खाद्यान्नको समस्या भएकोले यो परिस्थितीमा सहज गर्न सहयोगको लागि सम्पुर्ण सरकारी र गैरसरकारी सङ्घ संस्थालाई सहकार्य तथा अपिल गर्दै आएको अध्यक्ष मल्लले बताउनुभयो ।

क्याप्सन ः हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल वडा नं ४ बोर्ताका बाढीपहिरो पीडितलाई राहत वितरण गर्दै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा