पत्रकार हरिश विक सम्मानित


पैरवी खबर

पत्रकार बिक सम्मानित भएका छन् ।एभिन्युज टेलिभिजन सुदूरपश्चिम व्युरो प्रमुख हरिश बिक एक कार्यक्रममा सम्मानित भएका छन । बिहीबार रोटरी इन्टरनेशनल डिस्टिक ३२९२ नेपाल-भुटानले काठमाडौंको होटल हयात प्लेसमा आयोजित कार्यक्रममा पत्रकार बिकलाइ सम्मान गरेको हो । उनी रोटरी जोर्नो अवार्ड बाट सम्मानित भएका हुन ।

पत्रकारिताको क्षेत्रबाट समाजमा प्रत्येक्ष पराेक्ष रुपमा पुर्याएकाे याेगदानकाे कदर स्वरूप पत्रकार बिकलाई सम्मान गरिएको हाे।

लामो समयदेखि जनताको पक्षका सकृय रुपमा कलम चलाउदै आएको भन्दै कार्यक्रमका प्रमुख अथिती अनिरुद्र रोयचौधरीले उनलाई नगद तथा प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन । झन्डै डेढ दशक देखि सकृय पत्रकारिता गर्दै आएका बिक प्रिर्न्ट मिडिया हुँदै एभिन्युज टेलिभिजन , न्यूज २४ टेलिभिजनमा लामो समय काम गरेको अनुभव रहेको छ । बिगत १२ बर्ष देखि एभिन्युजमा काम गर्दै आइरहेका उनि हाल एभिन्युज टेलिभिजनको सुदुरपश्चिम व्युरो प्रमुखको जिम्मेवारी समाल्दै आइरहेका छ्न । सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै यस अघि समेत पत्रकार बिक पटक पटक सम्मानित हुँदै आएका छन ।