साँफेबगर , हिजो २९ गते सम्पन्न साँफेबगर नगरपालिकाद्वारा आयोजित ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा आधारभुत विद्यालय (१-५) मा नगर स्तरीय नृत्य प्रतियोगितामा भगवती आधारभूत विद्यालय साँ.न.पा – ४ भण्डारीगाउँले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
कार्यक्रममा प्रथम स्थान हासिल गरि विद्यालयको नाम उच्च स्थानमा राखेको भन्दै विद्यार्थीहरुलाई आज विद्यालयले एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
संगै विद्यालयले आयोजना गरेको गत शुक्रबार सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा प्रथम , द्धित्तिय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई पनि आज विद्यालयले सम्मान गरेको छ ।
प्र. अ. पुर्णबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वि.व्य.स.अध्यक्ष केशरबहादुर भण्डारी प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको संचालन सहायक शिक्षक छत्रबहादुर रावलले गर्नुभएको थियो ।