धनगढी : डोटीकी चर्चित महिला नेता चन्द्रा भुल प्रदेशसभा सदस्य निर्वाचनको लागि समानुपातिक उम्मेदवार सिफारिस भएकी छन्।
नेकपा माओबादी केन्द्र बोगटान गाउँ कमिटिले भुलको नाम सिफारिस गरेको हो। गाउँ कमिटिको मंगलबारको बैठकले निर्णय गरी डोटी जिल्ला कमिटिलाई सिफारिस गरेको हो ।
प्रतिनिधिसभा अन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा प्रदेश सभासभा ९ख० का लागि उनी समानुपातिक उम्मेदवार सिफारिस भएकी हुन् । अघिल्लो स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा झिनो मतले पराजित उनी बोगटान क्षेत्रमा लोकप्रिय नेताको रुपमा परिचित छन् । उनी विभिन्न सामाजिक कार्यहरुमा समेत सक्रिय रहदै आएकी छन् ।


