साँफेबगरमा न.पा.मा पुनः निर्माण हुँदै छाउगोठहरु


पैरवी खबर

साँफेबगर -साँफेबगर नगरपालिकामा छाउगोठ मुक्त अभियान रफ्तारका साथ संचालन भएको थियो ।

प्रत्येकको घर -घरमा रहेका छाउगोठहरु महिला अधिकारकर्मी, जनप्रतिनिधि, प्रहरी प्रशासनको उपस्तिथिमा भत्काइएको थियो ।

नगरपालिकाका धेरै जसो वडाहरुमा ती भत्काइएका गोठहरु पुनः निर्माण भइरहेका छ्न , नगरपालिकाको ९ न.वडा बुढाकोटमा पनि आज एक कार्यक्रममा सहभागीका अनुसार छाउगोठहरु पुनः निर्माण भैरहेको कुरा वडा कार्यालयले जनाएको छ ।

यसका लागि वडा अध्यक्ष दिपक कुँवरको संयोजकत्वमा २१ सदस्यीय छाउगोठ निगरानी समिति गठन गरिएको छ ।
अहिले छाउगोठमा बसिरहेका महिलाहरूलाई फेरि घर फर्काउने अभियान आफुले थालेको वडा अध्यक्ष दिपक कुँवरले जानकारी दिनुभएको छ ।

साँफेबगर नगरपालिकाका प्रत्येक वडाहरुमा अनुगमन गरि निगरानी समितिहरु गठन गरिनुपर्ने आवश्यक छ ।