सरस्वती मा.वि.जयगढमा अखिल क्रान्तिकारी इकाई कमिटी गठन


पैरवी खबर

सरस्वती माध्यामिक विद्यालय बान्निगढी जयगढ गा.पा. मा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको इकाई कमिटी गठन गरिएको छ ।

विद्यार्थी सँग अखिल क्रान्तिकारी अभियान अन्तरगत सङ्गठन सुदृढीकरण कार्यक्रम अन्तर्गत विद्यालय स्तरीयको इकाई कमिटी गठन गरिएको हो ।

सरस्वती माध्यामिक विद्यालयका विद्यार्थी एलिसा ताम्राकारको अध्यक्षतामा ३१ सदस्यीय इकाई कमिटी गठन गरिएको हो । जसमा उपाध्यक्ष सुनिल शर्मा , सचिव रितु ताम्राकार , कोसाध्यक्ष भुमिका खड्का ,सह सचिव प्रविन तामाङ , लगायत अन्य सदस्यहरु रहेका छन ।

कार्यक्रममा बोल्दै ताम्राकारले विद्यार्थीको सुनौलो भविष्य निर्माण गराउने सवालमा अखिल क्रान्तिकारी अछाम तयार रहेको बताउँदै विद्यार्थीहरूलाई सङ्गठनमा आबद्ध हुन आग्रह समेत गर्नु भयो ।

यस्तै कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश कमिटी सचिव भिनसेन ताम्राकार रहनु भएको थियो भने विशिस्ट अतिथि संगठनका जिल्ला अध्यक्ष लालबहादुर साउद रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै साउदले शैक्षिक क्षेत्रका समस्याहरूको पहिचान सहित समाधानका लागि अखिल क्रान्तिकारी अछाम प्रतिबद्ध रहेको बताउनु भएको छ ।

कार्यक्रमको अन्य अतिथिमा सङ्गठनका जिल्ला उपाध्यक्ष कमल थापा तथा विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।