महेन्द्र मा. वि. +२ तर्फ बयलपाटामा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको इकाई कमिटी गठन


पैरवी खबर

महेन्द्र माध्यामिक विद्यालय +२ तर्फ बयलपाटामा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको इकाई कमिटी गठन गरिएको छ ।

विद्यार्थी सँग अखिल क्रान्तिकारी अभियान अन्तरगत सङ्गठन सुदृढीकरण कार्यक्रम अन्तर्गत विद्यालय स्तरीयको इकाई कमिटी गठन गरिएको हो ।

महेन्द्र माध्यामिक विद्यालय+२ तर्फका विद्यार्थी निरोज भुलको अध्यक्षतामा ११ सदस्यीय इकाई कमिटी गठन गरिएको हो जसमा उपाध्यक्ष संगीता कर्मी , सचिव फरिदा मिया , कोसाध्यक्ष करिस्मा बिष्ट , सदस्य प्रिया थापा लगायत सदस्यहरु रहेका छन ।

कार्यक्रममा बोल्दै ताम्राकारले विद्यार्थीको सुनौलो भविष्य निर्माण गराउने सवालमा अखिल क्रान्तिकारी अछाम तयार रहेको बताउँदै विद्यार्थीहरूलाई सङ्गठनमा आबद्ध हुन आग्रह समेत गर्नु भयो ।

यस्तै कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश कमिटी सचिव भिनसेन ताम्राकार रहनु भएको थियो भने विशिस्ट अतिथि संगठनका जिल्ला अध्यक्ष लालबहादुर साउद रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै साउदले शैक्षिक क्षेत्रका समस्याहरूको पहिचान सहित समाधानका लागि अखिल क्रान्तिकारी अछाम प्रतिबद्ध रहेको बताउनु भएको छ ।

कार्यक्रमको अन्य अतिथिमा सङ्गठनका जिल्ला उपाध्यक्ष कमल थापा तथा विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।