महेन्द्र माध्यामिक विद्यालय बयलपाटामा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको इकाई कमिटी गठन गरिएको छ ।
विद्यार्थी सँग अखिल क्रान्तिकारी अभियान अन्तरगत सङ्गठन सुदृढीकरण कार्यक्रम अन्तर्गत विद्यालय स्तरीयको इकाई कमिटी गठन गरिएको हो ।
महेन्द्र माध्यामिक विद्यालयका विद्यार्थी निरुता रावलको अध्यक्षतामा भएको कार्यक्रमले सुनीता कुवर अध्यक्ष रहने गरी,२७ सदस्यीय विद्यालय स्तरीय इकाई कमिटी गठन गरिएको अनेरास्ववियू क्रान्तिकारी अछाम जिल्ला उपाध्यक्ष कमल बहादुर थापाले जानकारी दिनु भएको छ ।
जसको उपाध्यक्षमा निरुता रावल,अन्जना ताम्राकार ,मदन साउद,अस्मीता तिरुवा,सचिवमा अनुशा रावल,सहसचिव सुनिल कुवर र कोषाध्यक्षमा अस्मिता मुढभरी लगायत २७ सदस्यीय इकाई कमिटी गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै ताम्राकारले विद्यार्थीको सुनौलो भविष्य निर्माण गराउने सवालमा अखिल क्रान्तिकारी अछाम तयार रहेको बताउँदै विद्यार्थीहरूलाई सङ्गठनमा आबद्ध हुन आग्रह समेत गर्नु भयो ।
यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा अछाम जिल्ला अध्यक्ष लाल बहादुर साउद रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै साउदले शैक्षिक क्षेत्रका समस्याहरूको पहिचान सहित समाधानका लागि अखिल क्रान्तिकारी अछाम प्रतिबद्ध रहेको बताउनु भएको छ ।
कार्यक्रमको अन्य अतिथिमा सङ्गठनका जिल्ला उपाध्यक्ष कमल थापा तथा विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।