रमेश पुरुष, अछाम ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) सुदूरपश्चिम प्रदेश समितिको प्रदेश स्तरीय राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा केन्द्रिय पार्टी अध्यक्ष कमरेड प्रचण्डले प्रमुख अतिथिको आसनबाट बोल्दै : अरु प्रदेश भन्दा सुदूरपश्चिम प्रदेशमा पार्टीका नेता अगुवा कार्यकर्ता बढी रहेको तर पार्टी भित्र अन्तरद्वन्दका कारण अलिकति पार्टी बिग्रेको र यसकालागि सबै नेता अगुवा कार्यकर्ताले एक जुट भइ अगाडी बढ्ने हो भने यो पार्टीको अगाडी अरु राजनिती दलहरुको हैसियत नरहने बताउनु भएको छ ।
अहिले नेकपा माओवादी राष्ट्रिय राजनीतिको केन्द्र बिन्दुमा रहेको कुरा बताउनु भयो ।भोलि देखि नै प्रदेश स्तरीय र जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरि तत्काल फिल्डमा जान अपील गर्नुभएको छ ।२३ गते सम्म सिफारिस केन्द्रमा पुर्याउनुपर्ने बताउनु भएको छ । पार्टीले सिफारिस गर्दा बुढापाका मात्र नभनी महिला , दलित वा जित्ने उम्मेदवार लाई प्राथमिकता दिनुपर्ने , हेडक्वाटर धाउनेलाई टिकट नदिइ पार्टीमा खटेर कामगर्ने लाई टिकट दिने बताउनु भएको छ ।
भ्रष्टाचार , विसङ्गती र शासन प्रणाली बदल्न , निर्वाचन प्रणाली बद्लिएर समानुपातिक प्रणाली प्राप्तिका लागि मंसिर ४ गते पछि जनतालाई सडकमा लियर समाजवादी क्रान्तिको तयारीमा आफू रहेको बताउनु भयो ।
यस्तै विशिस्ट अतिथिको आसनबाट बोल्दै केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमरेड नारायणकाजी श्रेष्ठले : आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनलाई मुख्य कार्यभार मान्नुपर्ने र क्रान्तिकारी उद्देश्यका साथ निर्वाचनमा जीत हासिल गर्नुपर्ने भन्दै जीतको सफलताको शुभकामना दिनुभएको छ ।
यो निर्वाचनमा सबैभन्दा बढी कार्यभार बोक्ने पार्टी नेकपा माओवादी केन्द्र रहने , देश परिवर्तन र जनताको रक्षाकालागि लागिरहेको पार्टी यही रहेको दाबी राख्नुभएको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला संयोजकहरुले आ-आफ्नो जिल्लाको रिपोर्टिङ गर्नुभएको थियो ।