साँफेबगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) साँफेबगर नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ ।
नगर कमिटी अध्यक्ष ढकेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकमा कमरेड डा.भिम रावल लाई क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यका लागि एकल नाम सिफारिस गर्ने निर्णय गरिएको छ । साथै
पार्टी सुदृढीकरण, एक घर एक संगठित सदस्य बिस्तार गर्ने लगायतका निर्णयहरु गरिएका छन ।
बैठकमा नेकपा एमाले प्रदेश कमिटी सदस्य देब बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो । प्रदेश कमिटी सदस्य जयन्द्र स्वार, पशुपति कुँवर, जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह , जिल्ला कमिटी सदस्य केशर मिया , सागर बाब्ली , कार्यालय सचिव गणेश कुँवर, अनेरास्ववियु अछाम जिल्ला सचिव भिम बडाहित , लगायत नगर कमिटीका पदाधिकारी तथा वडा कमिटीका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
बैठकको संचालन नगर कमिटी सचिव ललित बोगटीले गर्नुभएको थियो ।