धानखेती बगर भएपछि सेलाघाटबासी चिन्तित् बन्दै
शेरबहादुर सार्की
बाजुरा,साउन २९ गते । बाजुराको बडिमालिका नगरपालिका –९ सेलाघाटमा धान रोपेको जमिन बगरमा परिणत भएपछि सेलाघाटबासी चिन्तित् बनेका छन् ।गत साउन २१ गते राती बिउरा खोलामा आएको बाढी गाउँमा पसेर असारमा रोपेको धान खेती सबै बगरमा परिणत भएपछि सेलाघाटबासी हिउँदामा खे खाएर पेट पाल्ने भन्ने चिन्तामा परेका हुन् ।
बडिमालिका नगरपालिका –९ का स्थानीय गोपाल थापाले, असारमा मेरिमेटी लगाएको धान खेती साउनको महिना बिउरा खोलामा आएको बाढीले सबै बगरमा परिणत् गरिदिएपछि अव हिउँदको महिना घरपरिवारले के खाएर गुजारा गर्ने भन्ने चिन्ता परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, यो भन्दा पहिला यसै ठाउँमा रोपेको धान खेतीले हिउँदका महिना परिवार पाल्न सहज भएको थियो । यती बेला रोपेको धानबाली जमिन घरबार सहित सबै बाढीले बगर बनाइदिएपछि अवका हिउँदमा खान त के बास पनि कता बस्ने भन्ने चिन्तै चिन्तामा रात काट्छौ ।
घरबार बाढीपहिरोले जोखिममा पारेका सेलाघाटका स्थानीय अहिले त्रिपालको बास बस्न बाध्य भएका छन् ।बसोबास गर्ने बस्ती समेत बाढीले पुर्ण जोखिम भएपछि सेलाघाटबासी अहिले त्रिपालको बास बस्न बाध्य भएका हुन् । बाढीपहिरोले सेलाघाटबासी चन्द्रे थापा,अङ्ग थापा,दिपक बिष्ट लगायतको घर समेत निकै जोखिम पारेको छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साउन १९ गते राती बिउरा खोलामा आएको बाढीले, बडिमालिका नगरपालिका –९ सोलाघाटबस्तीको तीस जनाको १२९ बोरी बरावरको धान फल्ने खेतवारी, कुखुरा,हाँस र खुद्रापसलमा ठुलो क्षति भएको थियो ।
बडिमालिका नगरपालिका –९ सेलाघाट बस्तीमा बाढीपहिरोले गरेको क्षतिको अवस्था तथा प्रहरीको रिपोर्ट अनुसार राहत दिने प्रक्रिया भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराका सुचना अधिकारी लोकेन्द्रबहादुर विष्टले, धानवाली क्षतिका लागि कृषि ज्ञान केन्द्रमा पशुचौपायाको क्षतिका लागि भेटेनरीलाई राहतका लागि चिठ्ठी पठाएको बताउनुभयो ।उहाँले भन्नुभयो, जिल्ला प्रशासन कार्यालयले सेलाघाट बस्तीका स्थानीयहरुको बाढिपहिरोले गरेको वास्तविक क्षति तथा प्रहरीको मुचुल्का अनुसार रातह वितरण गर्ने बताउनुभयो ।
क्याप्सन ः सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्ट बाढीपहिरोबाट क्षति भएको बडिमालिका –९ सेलाघाट बस्तीको अनुगमन गर्दै । तस्बिर ः शेरबहादुर सार्की, बाजुरा