मुक्तक १
यो शरिरलाई छोप्नु छ, लाजका लागि,
मान्छे जस्तै बन्नु छ, समाजका लागि ।
रोग महामारी दिन,प्रतिदिन फैलिदै गयो,
कोही आफ्नो भएन, दूर-दराजका लागि ।
मुक्तक २
मैले मारे भने बुध्द र हिटलर, उदाहरणका लागि,
हेरौ को गर्दैछ बचाउन तरखर, उदाहरणका लागि।
म हटाउन सक्दिन अंह,यो नाम बाट दिनदु:खीलाई,
बरू हटाउन सक्छु थापा ‘थर’, उदाहरणका लागि।।
मुक्तक
३
गाउँ घरले दियो, आज शहरले दियो,
दिनु धोका मलाई,जिवन भरले दियो।
फूल के हो?आखिर सोधे थे कसैलाई,
सजिलै जवाफ यार, पत्थरले दियो।।
मुक्तक ४
दंशै आउछ र जान्छ, तिहारलाई के भन्नु,
प्रदेशीका खाली छन्,निधारलाई के भन्नु।
लाखौ युवा अरबतिर, बेच्चिदै छन् भने,
यो देशको दलाली, सरकारलाई के भन्नु।।
@ मोहन “दिनदु:खी”
अछाम