गोजुरियो कराते दो संघ नेपाल अछामको सफलता


पैरवी खबर

२७ असार ,साँफेबगर ।

राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल जिल्ला शाखा अछामका खेलाडीहरुको यही असार २६ गते सुदूरपश्चिम रंगशाला धनगढीको कभर्डहलमा राष्ट्रिय अन्तर्राष्ट्रिय निर्णायकहरुको उपस्थितिमा ब्ल्याक बेल्टको परीक्षा सम्पन्न भएको हो ।

परीक्षामा राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल अछामको पहिलो ब्याज ब्ल्याक बेल्ट ( दिक्षान्त समारोह ) मा हरिचन्द्र तिरुवा, सागर कुँवर, नितेश बोहरा , अभिषेक बुढा , समीर विक , निर्जना नेपाली ,आगमन ओड ,अस्मिता भुल, अमिसा आउजी , हिमाल ताम्राकार , सुमित रैगाइ , निलेश आउजी , दर्शन स्वार पास भइ सफलता हासिल गरेको कराते प्रमुख प्रशिक्षक बिएस ओडले जानकारी दिनुभएको छ ।