धार्मिक सद्भाव र सह अस्तित्वका लागि स्थानीय सरकारसंग सम्वाद तथा योजना निर्माण कार्यक्रम साँफेबगरमा सम्पन्न


पैरवी खबर

२५ असार ,साँफेबगर ।
धार्मिक सद्भाव र सह अस्तित्वका लागि स्थानीय सरकारसंग सम्वाद तथा योजना निर्माण कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।

ब्रेड फर द वर्ल्ड को आर्थिक सहयोग ,साँफेबगर नगरपालिकाको समन्वय ,अन्तर धार्मिक शान्ति महासङ्घको साझेदारी र सशक्तीकरणका क्षेत्रमा युवाहरू(एस नेपाल)को आयोजनामा सम्पन्न भएको हो ।

एस नेपालका कार्यवाहक अध्यक्ष ढकेन्द्र बहादुर कुँवर को अध्यक्षतामा भएको कार्यक्रममा साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो ।

साँफेबगर न.पा.३ का वडा अध्यक्ष कुल बहादुर कुँवर , ४ न.वडा मस्टामाण्डौका अध्यक्ष नवराज बुढा, ५ न. वडाका वडा अध्यक्ष मक्कर कुँवर, ७ न.का वडा अध्यक्ष हिक्मत कडायत , १० न.का कार्यवाहक अध्यक्ष भुपेन्द्र महता, गैरसरकारी संस्था महासङ्घ अछामका सदस्य सरिता पौडेल, नागरिक समाजका पुस्पराज भट्ट ,झंकर कुँवर अतिथि रहनुभएको थियो ।

अन्तर धार्मिक शान्ति महासङ्घका नयन बहादुर खड्का , कुम्भ प्रसाद उपाध्याय , शम्भु मिया ,दुर्गा विक, सुस्मिता खड्का,र विभिन्न धर्मका धर्मगुरु ,सरोकारवालाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

नेपालमा मानिने विभिन्न धर्मका बारेमा जानकारी र कार्यक्रममा स्वागत मन्तव्य एस नेपालका कार्य समिति सदस्य तेजराज उपाध्यायले गर्नुभएको थियो भने संस्थाको परिचय सहित कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक गोरख महताले गर्नुभएको थियो ।