खाद्य तथा पाेषण सुरक्षामा रैथाने बालिकाे महत्त्वपूर्ण भूमिका


पैरवी खबर

टेकराज भण्डारी, असार २३, अछाम

खाद्य तथा पाेषण सुरक्षामा रैथाने बालिकाे महत्त्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
मंगलसेन नगरपालिका कृषि विकास शाखाकाे आयाेजनामा मंगलसेन नगरपालिका वडा नम्बर ६ मा भएको सचेतनामूलक कार्यक्रमका सहभागी सराेकारवालाले स्थानीय रैथाने बालीलाई जाेगाएर लैजानुपर्ने बताएका हुन् ।

रैथाने बालीहरु काेदाे, कागुनाे, सेताे भट्मास, भाङ्गाे, चिनाे, मार्सी धान, छिर्केमिर्के सिमी, फापर, जाेरायल बासमति धान लगायतका बालीकाे प्रवर्द्धन गर्दै जानुपर्ने सराेकारवालाकाे भनाइ छ ।
वडा नम्बर ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास शाखाका नायब प्राविधिक सहायक तर्ककुमार भुलले कार्यक्रमबारे जानकारी गराउँदै ग्रामीण स्तरमा रैथाने बालीहरुकाे संरक्षण, उत्पादन तथा बजार प्रवर्द्धन भई कृषककाे आयस्तरमा वृद्धिका लागि यसकाे महत्त्व रहेकाे बताउनु भयाे ।

यसैगरी कृषि शाखाका अधिकृत सुस्मा ढुंगानाले रैथाने, बालीहरुकाे उपयाेग गरि दुर्गम क्षेत्रकाे कुपाेषण र गरिबी उन्मुलनमा टेवा पुर्याउन, तिख्खर स्वाद, पाेषण र स्वास्थ्यवर्दक गुण हुने तथा विकट क्षेत्रमा पनि उत्पादन गर्न सकिने बताउनु भयाे । उहाँले विभिन्न रैथाने बालीबाट पाईने तत्व तथा त्यसबाट हुने फाईदाका बारेमा समेत जानकारी गराउनु भयाे ।
रैथाने बालीलाई विद्यालय दिवा खाजामा समेत जाेड्नुपर्ने सहभागीकाे भनाइ छ ।
कार्यक्रममा बाेल्लै वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले रैथाने बालीकाे महत्त्व तथा यसबाट पाईने तत्वबारे महत्त्वपूर्ण जानकारी पाएकाे बताउनु भयाे । वडा नम्बर ६ मा रैथाने बाली अन्तर्गत काेदाे प्रवर्द्धनकाे कार्यक्रम लागू हुने भन्दै यसबाट समेत सबै कृषकलाई लाभ लिन आग्रह गर्नुभयाे ।

निवर्तमान वडा अध्यक्ष जनकराज भण्डारीले रैथाने बालीबारे महत्त्वपूर्ण जानकारी पाएकाे भन्दै यसकाे प्रवर्द्धन र उपयाेगमा जाेड दिनुपर्ने बताउनुभयो । स्थानीय रुपमा पहिले पाईने बालीनाली लाेप हुँदै गएकाे उहाँको भनाइ छ । कृषि विकास शाखाले याेजना बनाई रैथाने बालीकाे प्रवर्द्धनमा लाग्नुपर्ने उहाँको सुझाव छ ।

गंगा माविका प्रधानाध्यापक माेतिराम भण्डारीले रैथाने बालीकाे महत्त्वबारे विद्यार्थीहरूलाई समेत जानकारी दिने तथा दिवा खाजामा कसरी जाेड्न सकिन्छ त्यसबारे याेजना बनाउने बताउनु भयाे ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, कृषि सहकारी तथा कृषक समूहका पदाधिकारी, महिला स्वयंसेविका लगायतको सहभागीता रहेकाे थियाे ।
कार्यक्रमकाे सञ्चालन कृषि प्राविधिक ताराप्रसाद भण्डारीले गर्नुभएको थियाे ।