असार १५, साँफेबगर ।
अछामको साँफेबगर नगरपालिकाका उप मेयर शिव बहादुर कुँवर (शिलोज ) ले विकास निर्माणका याेजनाहरुकाे कामलाई आफुले साेेचे अनुसारकाे हुनु पर्ने भन्दै अनुगमनमा सक्रियता बढाएका छन ।
साँफेबगर नगरपालिकाकाे वडा अन्तर्गतमा रहेका याेजनाकाे निर्माण कार्य सम्पन्न भए पश्चात् विकासे याेजनाकाे काम के कसरी सम्पन्न भएका छन भन्दै अनुगमनमा तिब्रता दिएका हुन ।
साँफेबगर नगरपालिकाकाे सहयाेगमा निर्माण कार्य सम्पन्न भैसकेका याेजनाहरुकाे साँफेबगर नगरपालिका प्राविधिकहरुको साथमा अनुगमन गर्ने कार्यमा तिब्रता दिइरहनु भएकाे छ ।
आज साँफेबगर नगरपालिका वडा न. ४ मस्टामाण्डौको छडिखोला सिचाइ कुलो र वडा न. ५ नवाठानामा त्रीपुरा सुन्दरी माइ मन्दिर निर्माण उ.स.छान्ना , कटुजखोला तटबन्धन छडा कार्य सम्पन्न भएका याेजनाहरुकाे अनुगमन गरिएको छ ।
अनुगमनमा कार्यपालिका सदस्य मुकेश सुनार , प्राविधिक धनराज जोशीको उपस्थिति रहेको थियो ।