साँफेबगर नगरपालिकाको बजेट ६९ करोड २७ लाख ६३ हजार, कृषि पहिलो प्रथामिकता (पूर्णपाठ सहित)


पैरवी खबर

अछाम । जिल्लाको साँफेबगर नगरपालिकाको निति तथा कार्यक्रम संगै बजेट प्रस्तुत गरेको छ ।

प्रमुख व्यापारिक केन्द्र रहेको नगरका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरको अध्यक्षतामा भएको नगर सभामा निति तथा कार्यक्रम र बजेट उपप्रमुख शिब बहादुर कुवँरले बजेट प्रस्तुत गरे ।

दोश्रो नगर सभाको पहिलो अधिबेशनले आर्थिक बर्ष २०७९८० को लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नगरसभाले आगामी आर्थिक बर्ष २०७९ ८० का लागि ६९ करोड २७ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाले यसपटक कृषिलाई पहिलो प्रथामिकतामा राखेको छ । यस्तै नगर भित्रका बिपन्न परिवारलाई २५ यूनिट सम्मको बिधुत महशुल निशुल्क लगायतका लोकप्रिय कार्यक्रम प्रस्तुत गरिएको छ ।