साँफे एयरपोर्ट बजार ब्यवस्थापन समितिको नयाँ नेतृत्व चयन: अध्यक्षमा कुँवर


पैरवी खबर

असार २०७९ ,साँफेबगर ।
साँफे एयरपोर्ट बजार ब्यवस्थापन समिति साँफेबगर अछाम पुनः गठन भएको छ ।
साँफेबगर नगरपालिका ४ न.वडा मस्टामाडौका वडा अध्यक्ष नवराज बुढाको अध्यक्षतामा बैठक बसी राम बहादुर कुँवरको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन गरिएको हो ।

जसमा उपाध्यक्ष भक्त कुँवर , सचिव नवराज बुढा , कोषाध्यक्ष नन्दकला भण्डारी , सदस्य हिक्मत कुँवर लगायत अन्य सदस्यहरु रहेका छन ।

समितिले यो बजारमा नाली सरसफाइ , फोहर ब्यवस्थापन र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइएको छ ।