रवि लामिछानेको पार्टीमा ५० प्रतिशतभन्दा बढी युवाको सहभागी रहने


पैरवी खबर

पूर्व सञ्चारकर्मी रवि लामिछानेले खोलेको नयाँ पार्टीको चुनाव चिह्न घण्टी रहेको छ।  मंगलबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिह्न घण्टी रहेको जानकारी दिएका हुन्। 

उनले आफ्नो पार्टीमा नेता हुनका लागि तल्लो तहको सदस्यले भोट गर्नुपर्ने व्यवस्था राखेको बताए। उनले कसैको चाकडी गरेको भरमा कुनै पनि उम्मेदवारले टिकट नपाउने उनले बताए

उनले पार्टीमा ५० प्रतिशतभन्दा बढी युवाको सहभागी रहने घोषणा गरेका छन्।