साँफेबगर- FMDC संस्था द्वारा संचालित कार्यक्रम पारस्परिक जवाफदेहीता परियोजना कार्यक्रमको समापन तथा साँफेबगर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत एवं बधाई कार्यक्रम सम्पन्न भएको छ ।
नागरिक समाज संजालका अध्यक्ष बलबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका नगर उप प्रमुख शिवबहादुर कुँवर (शिलोज ) रहनुभएको थियो ।
कार्यक्रममा साँफेबगर नगरपालिका ५ न.वडा नवाठानाका अध्यक्ष मक्कर कुँवर , ४ न.वडा मस्टामाण्डौका अध्यक्ष नवराज बुढा , ७ न.वडा रिडिकोटका अध्यक्ष हिक्मत कडायत , कार्यपालिका सदस्य अनिल रैगाइ ,बिनोद भुल, मिना केसी , निवर्तमान वडा सदस्य राजेन्द्र कोली , पूर्ब जि.वि.स.सदस्य शिव तिरुवा, गैरसरकारी संस्था महासंघ अछामका ढकेन्द्र कुँवर , आस्था नेपालका भ्वान सिंह सार्की , महिला अधिकारकर्मी अप्सरा कुँवर ,जानकी लुहार , समविकास नेपालका अध्यक्ष पवन गिरी , RTI प्रदेश सदस्य मनिष विक, जिल्ला युवा संजाल उपाध्यक्ष पूजा बुढा , नृप ताम्राकारको सहभागिता रहेको थियो ।
यस संस्थाले नागरिक समाज संजालको सहकार्यमा अछामका केही पालिकाहरुमा विभिन्न सवालहरुमा पैरवी गर्दै आइ रहेको छ , जसमा साँफेबगर नगरपालिका र बान्निगढी जयगढ गाउँपालिकामा कृषि बिमा , पशु बिमा , सुशासन नीति र जेसि नीति , कृषि अनुदान कार्यविधि ,भुमिहिन सुकुम्बासी र टुहुरा बालबालिकाको तथ्यांक संकलन , भुमिहिनलाई लालपुर्जा वितरण कार्यमा समन्वय गर्दै ए .आर .टि वितरण केन्द्र रामारोशन गाउँपालिका अछाममा पनि पहल गर्ने भएको छ।
कार्यक्रमको संचालन FMDC का जिल्ला अधिकृत गणेश तिरुवाले गर्नुभएको थियोे ।