दोस्रो वडा सभाको प्रथम अधिबेशन बुढाकोटमा सम्पन्न


पैरवी खबर

साँफेबगर- साँफेबगर नगरपालिका ०९ न.वडा बुढाकोटको आ .व.२०७९/८० दोस्रो वडा सभाको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
वडा अध्यक्ष दिपक कुँवरको अध्यक्षतामा भएको वडा सभामा जिल्ला समन्वय समिति अछामका सदस्य नरेन्द्र बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो ।

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हिक्मत कुँवर,निवर्तमान वडा अध्यक्ष धुर्ब बहादुर थापा विशिस्ट अतिथि रहनुभएको थियो ।
नेपाली काङ्ग्रेस वडा सभापति सुरथ बहादुर कुँवर , नेकपा एस जिल्ला कमिटी सदस्य सुरेश कुवर , नेकपा एमाले जिल्ला कमिटी सदस्य रामप्यारी कुँवर, राप्रपा पूर्व केन्द्रिय सदस्य ईश्वरराज सुवेदी , नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका सदस्य जयन्द्र कुँवर , नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य तगत कुवर , नेकपा एस वडा कमिटी अध्यक्ष बम बहादुर कुँवर, नेकपा एमालेका केहरी साउद , निवर्तमान वडा सदस्य नर बहादुर कुँवर, शिक्षक प्रतिनिधि चक्र बहादुर कुँवर , टोल विकास अध्यक्ष अर्जुन बहादुर कुँवर , स्वास्थ्य चौकी बुढाकोट इन्चार्ज नरेश रावत, युवा नेता नृप ताम्राकार, उपेन्द्र कुँवर, यज्ञ कुँवर लगायत समाजसेवी बुद्धिजीवी अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सभामा जिल्ला समन्वय समिति सदस्य नरेन्द्र बहादुर कुँवर , साँफेबगर नगरपालिका कार्यपालिका सदस्य राधा देवी साउदलाई वडाले बधाई तथा सम्मान गरिएको छ ।

वडा सदस्य लालगिरी कुँवरले स्वागत मन्तव्य राख्नुभएको वडा सभाको संचालन वडा सचिव पुर्णराज उपाध्यायले गर्नुभएको थियो ।