साँफेबगर – ठुला मा .वि विकास कार्यक्रम अन्तरगत श्री हिमालय माध्यमिक विद्यालय साफेबगर नगरपालिका ४ खाल्सैन अछामको गुरु योजना (DPR) हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ढकेन्द्र कुँवर , प्र .अ . नेत्र बहादुर बुढा , वडा अध्यक्ष नवराज बुढा , शिक्षक अभिभावक संघ अध्यक्ष लालबहादुर कुँवर , राजनैतिक दलका प्रतिनिधि नेपाल काङ्ग्रेसका राम बहादुर कुँवर , नेकपा एमालेका राजेन्द्र कोली , समाजसेवी देवबहादुर कुँवरद्वारा स्थानीय तह साफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, उप प्रमुख शिव बहादुर कुवर (शिलोज ) , कार्यपालिका सदस्यहरुलाई गुरु योजना हस्तान्तरण गरिएको हो ।
ठुला मा.वि कार्यक्रम अन्तरगत सुदूरपश्चिमका ९ वटा जिल्ला मध्य यस जिल्लाको हिमालय मा.वि. खाल्सेनको भौतिक संरचना निर्माणका लागि २४ करोड लागतको गुरु योजना रहेको छ ।