साफेबगर : युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड मंगलसेन शाखा अछामले मृत्यु दाबी चेक हस्तान्तरण गरेको छ ।
मृतक विमितको परिवारलाई ५ लाख ५४ हजार रुपैया बराबरको मृत्यु दावी भुक्तानी गराइएको छ ।
मंगलसेन न. पा. १४ कालागाँउ मृतक बिमित टीका सोडारीको हकवाला श्रीमति कमला सोडारीलाई चेक हस्तान्तरण गरिएको हो ।
कम्पनीका मंगलसेन शाखा प्रमुख पंकज बहादुर साउद , ब्याकप स्टाफ टंक बोहरा , एजेन्सी मेनेजर हिक्मत सोडारी द्वारा हस्तान्तरण गरिएको हो ।
मृत्यु दाबी हस्तान्तरण कार्यक्रममा बुद्धिजीवी अछाम संघ का अध्यक्ष श्री भरत सोडारी , पदम सोडारी , रुप भण्डारी ,खेमराज साउद लगाएतको उपस्थिति रहेको थियो ।
श्रीमान नरहे पनि आफुलाई यस कम्पनीले आर्थिक सहयोग गरि ठुलो राहत मिलेको र घर धान्नला लागि मद्दत पुगेको मृतक सोडारी कि श्रीमति कमला सोडरीको भनाइ रहेको छ ।