साफेबगर : साफेबगर नगरपालिकाका १४ वटै वडाका नव निर्वाचित वडा अध्यक्ष ,वडा सदस्य ज्युहरुको पदभार ग्रहण सहित निवर्तमान जनप्रतिनिधिहरुको बिदाई गरिएको छ । आ-आफ्नो वडामा एक कार्यक्रमका बिच नव निर्वाचित जनप्रतिनिधिको स्वागत सहित पदभार ग्रहण र निवर्तमान जनप्रतिनिधिको बिदाइ गरिएको हो ।
नगरपालिकाको १ न. वडा बैजनाथमा अध्यक्ष नन्द बहादुर ठकुल्ला , सदस्य मय दमाई , गोइला कुमारी महता धामी , पुर्ण कुमार शाह , प्रेमनाथ योगि
२ न. वडा जाल्पादेवीमा अध्यक्ष सेत बहादुर कुँवर,सदस्य उमा उपाध्याय , मीन बहादुर कुँवर , हंस बहादुर कुँवर , सरिता बिक ३ न.वडा सिद्धेश्वरमा अध्यक्ष कुल बहादुर कुँवर, सदस्य बल बहादुर कुँवर, नृप बहादुर कुँवर,लक्ष्मी देवी कुँवर, सारदा देवी लुहार ४ न.वडा मस्टामाण्डौमा अध्यक्ष नवराज बुढा ,सदस्य केवल सिंह आउजी ,निता कुँवर, नारायण उपाध्याय , सरिता भुल
५ न.वडा नवाठानामा अध्यक्ष मक्कर कुँवर, सदस्य इन्द्र देवी तिरुवा, चक्र चाड, हिरा देवी ओड, टेकबहादुर बुढा ६ न.वडा भागेश्वरमा अध्यक्ष मीन बहादुर बोहरा ,सदस्य सावित्री कडारा ,पुतली रावल ,भिम बहादुर रावल, धर्म दुवाल ७ न.वडा रिडिकोटमा अध्यक्ष हिक्मत कडायत , सदस्य तिलाराम टमट्टा ,मिना के.सि., पशुपति बिक,किशोर भाट , ८ न.वडा चण्डिकामा अध्यक्ष कालू सिंह कुँवर, नारायण कडायत , बसन्ती भुल, बिस्ना कुँवर, ललित कुँवर , ९ न.वडा बुढाकोटमा अध्यक्ष दिपक कुँवर , सदस्य लाल बहादुर कुँवर , दुर्गा बिक, राधा देवी साउद , नरेन्द्र बहादुर कुँवर , १० न.वडा घुघुरकोटमा अध्यक्ष ललित बोगटी , सदस्य हस्त भुल, भुपेन्द्र महता, मथुरा बिक, उर्मिला खड्का ११ न. वडा देवीस्थानमा अध्यक्ष रामबहादुर बोहरा , रंगी बिष्ट , बज्जिर ओड , हिरा देवी खाती ,पारु ओड १२ न. वडा खप्तडमा अध्यक्ष जनक कडायत , सदस्य भिडी देवी रावल,पुजा ओड बिक, रमेश कडायत ,लालबहादुर रावल १३ न.वडा बाब्लामा अध्यक्ष रुप बहादुर कुँवर , सदस्य हंस बहादुर साउद, बलबहादुर साउद, बिरु सुनार , बसन्ती बिष्ट १४ न.वडा पातलकोटमा अध्यक्ष सन्जु थापा, सदस्य सुरत खड्का , बेलधरा भुल, वीर बहादुर बोहरा , गिता थापाले पदभार ग्रहण गर्दै शिक्षा , स्वास्थ्य , खानेपानी , सडक र कृषि क्षेत्रको स्तरोन्नति गर्नुका साथै जनताको चाहना अनुसार अगाडी बढ्ने बताउनु भएको छ ।