साँफेबगर : साँफेबगर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाइ शपथ ग्रहण गराउने कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार निर्वाचन अधिकृतको कार्यालय साफेबगर र साफेबगर नगरपालिका कार्यालय अछामको आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित शपथ ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा नगर उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले सम्पुर्ण नव निर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका हुन।
शपथ ग्रहण पश्चात सबै जनप्रतिनिधिहरुले आजै बाट आ-आफ्नो पदभार ग्रहण गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।