नेकपा एमाले साफेबगर नगर कमीटीले पुन मतदानको माग गरेको छ । पालिकाको वडा न १३ को राष्ट्रिय माविको (क र (ख) मतदान केन्द्रमा धादली भएको भन्दै पार्टीले उक्त केन्द्रको मतदान पुन हुनुपर्ने माग गरेको हो । सत्ता र शक्तिको आडमा नेपाली काग्रेस र समाजवादीका कार्यकर्ताले मतदान स्थलमा विभिन्न खालका त्रास फैलाएकाले एमालेका मतदाताहरु मतदान स्थलबाट बाहिरिएको भन्दै उक्त केन्द्रमा पुन मतदान नभए मतगणनाको कार्य अगाडी बढाउन नदिने पार्टीले बिज्ञप्ती मार्फत जानकारी गराएको छ । पार्टीले स्थानीय प्रशासनको आडमा नेकपा एमालेका कार्यकर्ता माथि आक्रमण गरि चुनावमा धादली गरेकाले पुन निर्वाचन नगराए मतगणनाको कार्य कुनैपनी हालतमा अगाडी बढाउन नदिने जानएको नगरकमीटी अध्यक्ष ललित कुवर द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । पार्टीले पुन मतदानको लागी अनुरोध गरेपछि निर्वाचन आयोले समेत पुन मतदान गर्न निर्देशन दिईसक्दा समेत निर्वाचन अधिकृतको कार्यालयले कुनै सुनुवाई नगरेको भन्दै माथि बाट दिएको निर्देशन पालना गर्न पार्टीले अनुरोध गरेको छ ।