मेल्लेख ८ मा ३ दलिय गठबंधनलाई हराउँदै कांग्रेस प्यानलसहित विजयी


पैरवी खबर

अछाम् । अछामको मेल्लेख ८ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाको सम्पन्न मतपरिणामअनुसार वडाध्यक्ष देखि सदस्यमा कांग्रेसको प्यानल विजयी भएको हो ।

वडा नम्बर ८ को वडाध्यक्षमा महेश ठकुल्ला प्यानलसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगत साउद ६४ मतले पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् । खुल्ला वडा सदस्यमा निर्प आउजि ,दलित महिला सदस्य अमृता सुनार ,महिला सदस्य सुनिता शाह , खुल्ला सदस्य शालिभान साउद विजयी भएका छन ।

नेकपा एमाले ,माओवादी केन्द्र ,नेकपा एकिकृत समाजबादि को वडामा गठबंधन भएको थियो ।
मेल्लेखमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसले जितेको थियो ।