सुरत सुनार
अछाम, वैशाख २६ गते । बाजुराका पत्रकार शेरबहादुर सार्की सुदूरपश्चिम् प्रदेशबाट उत्कृष्ट पत्रकारमा पुरस्कृत हुनु भएको छ ।
उहाँले २०६५ साल देखि जिल्लामा पत्रकारी क्षेत्रमा प्रवेश गरेसँगै महिला बालवालिका दलित गरिब अपाङ्ग असाहयहरुको हक अधिकारको क्षेत्रमा कलम चलाउँदै आउनु भएको थियो ।
२०७९ वैशाख २४ गतेका दिन गोरखापत्र संस्थानले आफ्नो १२२ औं स्थापनामा दिवसको अवसरमा उहाँलाई सुदूरपश्चि प्रदेशबाट उत्कृष्ट पत्रकारमा पुरस्कृत गरेको हो ।
२०६५ सालबाट बाजुरामा पत्रकारी क्षेत्रमा राम्रो काम गर्दै आउनु भएका पत्रकार सार्की गोरखापत्र राष्ट्रिय दैनिकमा २०७५ सालबाट बाजुराबाट साचारदाताको रुपमा गर्दै आउनु भएको छ ।
सुदूरपश्चिम् खवरका प्रधान सम्पादक समेत रहेका सार्कीले २०६५ साल देखि जिल्लामा रहेका स्थानीय पत्रपत्रिका, रेडियो एफएम लगायतका दर्जनौ मेडियामा काम गर्दै आउनु भएको थियो ।
सुचनाको हक साहायत केन्द्र बाजुराका अध्यक्ष समेत रहेका सार्की सुदूरपश्चिमका विभिन्न जिल्लामा सुचनाको हक बारेमा जनतालाई जानकारी गर्दै आउनु भएको छ ।
सुचनाको हकको क्षेत्रमा राम्रो काम गरेको भन्दै पत्रकार सार्कीलाई राष्ट्रिय सुचना आयोगले २०७३ सालमा तीस हजार नगद सहित समान्ति गरेको थियो ।
समाजमा भएका विभिन्न कुसंस्कार कुरीतिको विरुद्धमा किन कलम चलाएको भन्दै राम्रो समाजलाई सहन गर्न नसक्नेहरुले सार्कीलाई कयौ पटक गाली बेइजती तथा ज्यान मार्ने धम्की समेत दिएका थिए ।
समाजमा शुसासन ल्याउने समृद्ध समाजको परिकल्पना गर्ने संकल्पका साथ पत्रकारी क्षेत्रमा लागेका सार्कीले त्यो धम्कीको वास्ता नगरेर आफ्नो कलम निरन्तररुपमा चलाउँदै आउनु भएको छ ।
सत्य तथा निडर रुपमा पत्रकारी क्षेत्रमा कलम चलाउँदै आएका सार्की यो भन्दा पहिला पनि विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयबाट पनि पुरस्कृत हुनु भएको थियो ।