नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त्त चुनावी आमसभा हात्तिकोटमा सम्पन्न


पैरवी खबर

साफेबगर- बैशाख २५
नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त्त चुनावी आम सभा मेल्लेख गाउँपालिका ८ हात्तिकोटमा सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस वडा सभापति दिलिप बिकको अध्यक्षतामा भएको चुनावी आमसभामा नेपाली काङ्ग्रेस महा समिति सदस्य टिकाराम खनाल प्रमुख अतिथि रहनुभएको थियो ।

नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य लोक बहादुर बोहरा अविरल बिशिस्ट अतिथि रहनु भएको सभामा नेपाली काङ्ग्रेस महा समिति सदस्य एवं नेविसंघ जिल्ला अध्यक्ष नृप साउद , नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि एवं प्रदेश कार्य समिति सदस्य भक्त बहादुर ठकुल्ला , माओवादी केन्द्रका नेता अर्जुन धामी ,सुवास बुढा , नेपाली काङ्ग्रेस पुर्ब जिल्ला सदस्य एवं गाउँपालिका उपाध्यक्ष धन बहादुर शाही ,शेर बहादुर शाह , रेबन्त अधिकारी , बिमला महर, पुर्ब क्षेत्रीय सभापति तथा उपाध्यक्ष पदका उम्मेदवार नृप बहादुर बुढा , माओवादी केन्द्र मेल्लेख गाउँपालिका अध्यक्ष एवं अध्यक्ष पदका उम्मेदवार ज्वालासिंह साउद , क्षेत्रीय सदस्य भरत शाह ,शिक्षक संघका जिल्ला उपाध्यक्ष राम बहादुर साउद ,प्रदेश ख का सभापति पदम बहादुर खड्का ,उप सभापति अर्जुन ढुंगाना, सदस्य टिकाराम ठकुल्ला, नेपाली काङ्ग्रेस मेल्लेखका गाउँपालिका संयोजक एवं ८ न वडा हात्तिकोटका वडा अध्यक्ष खकिन्द्र साउद, नेपाली काङ्ग्रेसका नेता नृप आउजी ,नैन सिंह सुनार, अतिथि रहनुभएको थियो ।

वडा कार्य समिति सचिव धनेश साउदले स्वागत मन्तव्य राख्नुभएको चुनावी आमसभाको संचालन खेमराज साउदले गर्नुभएको थियो ।