आफू नगरबासीको हितकालागि सेवक बन्ने -मेयर पदका उम्मेदवार राजेन्द्र कुवर


पैरवी खबर

सागेबगर /बैशाख २४
यो लोकतान्त्रिक गठबन्धन लाई बिजयी गराए जनताका लागि कुनै पक्ष विपक्ष नभनी काम गर्ने बताउनु भएको छ । बिशेषगरि बृद्ध वृद्धा र पछाडि परेको बर्गको लागि काम गर्ने , पर्यटनको क्षेत्रमा पनि बिशेष जोड दिने , यसका लागि आफ्नो संयुक्त्त गठबन्धन लाई रुख र कलम चिन्हमा मतदान गरि विजयी गराउन उहाँले अनुरोध गर्नुभएको छ ।

यो गठबन्धनले जिते जनताका आधरभुत आवश्यकतालाई पहिलो प्राथमिकता दिने, साफेबगर नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा चिनाउने , १४ ओटै वडामा शिक्षा ,स्वास्थ्य, खानेपानी ,सडक र विद्युतको निरन्तर वृद्धि बिकासमा जोड दिदै यहाँका दलित, महिला ,अल्पसंख्यकको पक्षमा काम गर्ने , बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न सिपमुलक तालिमहरु संचालन गर्ने उप मेयर पदका उम्मेदवार शिलोज कुवरले बताउनु भएको छ ।

लोकतान्त्रिक गठबन्धन चुनाव प्रचार प्रसार मुल समिति संयोजक धुर्ब बहादुर थापाको अध्यक्षतामा भएको चुनावी आम सभामा नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य एवं बुद्धिजिवि परिषद केन्द्रिय अध्यक्ष लक्ष्मण कुवर प्रमुख अतिथि रहनुभएको थियो ।
नेकपा एस केन्द्रिय सदस्य एवं साफेबगर नगर प्रमुख कुल बहादुर कुवर , नेपाली काङ्ग्रेस सुदूरपश्चिम कार्य समिति सदस्य भक्त बहादुर ठकुल्ला , रुपा आउजी बिशिस्ट अतिथि रहनुभएको थियो ।
समाज कल्याण परिषद केन्द्रिय बिभाग केन्द्रीय सदस्य रेबन्त नाथ , प्रवासी नेपाली एकता मञ्च केन्द्रिय उपाध्यक्ष भिम बहादुर भण्डारी , नेकपा एस प्रदेश कमिटी सदस्य जित बहादुर निशानी , नेपाली काङ्ग्रेस महा समिति सदस्य राजन कुवर, भगवती खनाल ,नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि अप्सरा कुवर,नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य गोकुल भाट , मेयर पदका उम्मेदवार राजेन्द्र बहादुर कुवर, उप मेयर पदका उम्मेदवार शिलोज कुवर , नेकपा एस जिल्ला कमिटी उपाध्यक्ष एवं साफेबगर नगरपालिका उप मेयर बिर्मला देवी बुड्थापा, नेकपा एस जिल्ला कमिटी सचिवालय सदस्य भरत कुवर, भरत कुवर,नेपाली काङ्ग्रेस पुर्ब जिल्ला सदस्य नरेन्द्र कुवर, लालगिरी कुवर , नेकपा एस जिल्ला कमिटी सदस्य मान बहादुर कुवर, सुरेश कुवर, नृप कुवर , हिक्मत कुवर, नेपाली काङ्ग्रेस जिल्ला सदस्य पबित्रा देवी कुवर, नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य कृष्ण बुढा , वडा अध्यक्ष पदका उम्मेदवार दिपक कुवर , वडा सदस्य पदका उम्मेदवार राधिका साउद दुर्गा बिक, नेकपा एस भागेश्वर वडा अध्यक्ष पदका उम्मेदवार शंकर बिष्ट , नेकपा एस सिद्धेश्वर वडा सदस्य पदका उम्मेदवार नेत्र कुवर, नेपाली काङ्ग्रेस क्षेत्रीय सचिव भिम बहादुर कुवर, युवा संघ केन्द्रिय सदस्य सतिस कुवर , नेविसंघ जिल्ला उपाध्यक्ष बुद्धराज सुवेदी , नेपाली काङ्ग्रेस पुर्ब क्षेत्रीय सदस्य तगत कुवर , नेकपा एस साफेबगर नगर कमिटी उप सचिव लक्ष्मण थापा ,नेपाली काङ्ग्रेस नगर कार्य समिति सदस्य मेघराज थापा अतिथि रहनुभएको थियो ।
सभामा बरिस्ठ नेता , युवा संघ , शिक्षक संगठन, महिला संगठनका प्रमुख प्रतिनिधिहरु लगायत कार्यकर्ताहरुको भब्य सहभागीता रहेको थियो ।
युवा परिचालन समिति संयोजक अर्जुन बहादुर कुवर र नेपाली काङ्ग्रेस वडा कार्य समिति सचिव वीर बहादुर थापा ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन बुद्धराज सुबेदीले गर्नुभएको थियो ।