साफेबगर – नेकपा एकीकृत समाजवादी र नेपाली काङ्ग्रेसको चुनावी आमसभा तथा पार्टी प्रबेश कार्यक्रम साफेबगर नगरपालिका ९ बुढाकोटमा सम्पन्न भएको छ ।
धुर्ब बहादुर थापाको अध्यक्षतामा भएको चुनावी आम सभामा एकीकृत समाजवादी केन्द्रिय सदस्य एवं अछाम इन्चार्ज कुल बहादुर कुवर, प्रमुख अतिथि रहनु भएको थियो । नेकपा एस केन्द्रिय सदस्य एवं सुदूरपश्चिम प्रदेश पुर्ब राज्यमन्त्री मना कुमारी साउद ,नेपाली काङ्ग्रेस महा समिति सदस्य एवं निर्वाचन समिति नगर संयोजक टिकराम खनाल, बिशिस्ट अतिथि रहनु भएको थियो ।
नेकपा एस सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हिक्मत कुवर, नेकपा एसका जिल्ला सह सचिव एवं नगर इन्चार्ज हिक्मत कुवर, जिल्ला कमिटी सदस्य सुरेश कुवर , नेविसंघ उप सभापति बुद्ध सुवेदी , नगर कमिटी उप सचिव लक्ष्मण थापा , युवा नेता अर्जुन कुवर , नृप बिक , महिला प्रतिनिधि डम्मरा स्वार कुवर लगायत पार्टीका विभिन्न भात्री संघसंगठनका प्रमुख तथा प्रतिनिधि लगायत अन्य पार्टीका कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।
लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरु :वडा अध्यक्ष दिपक कुवर , सदस्य नरेन्द्र बहादुर कुवर, लाल बहादुर कुवर, महिला सदस्य राधादेवी साउद , दलित महिला सदस्य दुर्गा बिक लाई अत्याधिक मतले बिजयी गराउन पार्टीले निकै महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ ।
१३३ जना नेकपा एमाले परित्याग गर्दै एकीकृत समाजवादीमा समाहित भएका छन ।
कार्यक्रमको संचालन पदमराज सुबेदीले गर्नुभएको थियो ।