आदरणीय जाल्पादेवीबासी
दाजुभाई तथा दिदिबहिनीहरुमा नमस्कार !
साँफेबगर नगरपालिका २ जाल्पादेवी अछाम
परिचय:
मेरो वुवाको विवाह पश्चात ३ वटा श्रीमतीहरुको मृत्यु पश्चात चौथो श्रीमती चन्द्रा भुल सँग विवाह भयो, वुवाको चौथो श्रीमती वाट ४ ओटा छोरा गुमाई सकेपछी २०३९।११।१२ मा जेठो छोराको रुपमा सुरत बहादुर भुल अथवा मेरो जन्म भयो ।वुवाको जीवनमा धैरै कठिनाई र वाध्यताले त्यो वेलाको अवस्थामा हामीलाई हुर्काउन अत्यन्तै कठीन भयो । वुवाले अकार्को काम गरेर हामीलाई हुर्काउनु भयो , म चेतलशिल भईसकेपछी श्री ज्ञानज्योती प्राथमिक विद्यालय कक्षा ४ सम्म अध्ययन गरी कक्षा १० S.L.C त्रिपुरा सुन्दरी मा.वि. श्रीकोटमा पास गरे वि एड त्रिपुरा सुन्दरी क्याम्पस बाट गरे ।
सामाजिक सेवा राजनीति गर्दै जादा २०७४ साल को स्थानीय चुनावमा जाल्पादेवीबाट अध्यक्षको उम्मेदारी पाई आफ्नो वडा मात्र हैन सिङ्गो जिल्ला भरि सबैको म प्रति माया र सदभाव हुनाले थौरै मतले पराजित हुन पुगे,फल स्वरुप राजनीति समाज सेवा एक पटक का लागि मात्र नभइ जीवनभरसम्म हुनु पर्दछ, आज हजुर हरुको देश विदेशबाट अपार मायाले आगामी बैशाख ३० गते को स्थानीय तहको निर्वाचन साँफेबगर नगरपालिका २ जाल्पादेवीबाट सुर्य चिन्ह बाट अध्यक्ष पदको उम्मेदवारी दिएको छौँ। हाम्रो उम्मेदवारी यस जाल्पादेवीलाई सुख शान्ति र समृद्धि बनाउनका लागि सम्पुर्ण जात जाती धर्म सँस्कृति सँरक्षण मानव अधिकारको रक्षा विधिको शासन र सरकार सिँगो वडा टोल र सबै जनताको प्रत्याभुति हुने गरि सँचालन गर्नेछौँ।
यहाँका सबै महिला पुरुष युवा युवती र बिषेश गरि रहरले नभई बाध्यताले विदेशिनु भएका धेरै युवाहरुलाई आफ्नै देश फर्की काम गर्ने वातावरण मिलाइने छ। जाल्पादेवीको बिचमा पहनमान सिङ् स्वाँर राजमार्ग छ। बागभिडी देखि लोली सम्म को विभिन्न भुभागमा सुहाउदो बाली को ब्यवस्था गरिनेछ। स्वास्थ्य शिक्षा र कृषिमा विषेश कामको थालनि गर्नेछौ। सामाजिक महत्व बोकेको यस साँफेबगर नगरपालिका २ जाल्पादेवीलाई एउटा साँच्चिकै ५ बर्षमा समृद्ध वडा बनाउने ठुलो धोको छ फलस्वरुप जाल्पादेवीवासी आमा बुवा तथा दाजुभाई दिदिबहिनिहरुले २०७४ सालमा दिएको मलाई अपार माया र मत को ऋणी छु। मेरो प्यानल लाई जिताउनु हुनेछ भनि हामिले भने जस्तो र हजुरले सोचेजस्तो होस । आसन्न २०७९ साल बैशाख ३० गतेको स्थानीय चुनाबमा सुर्य चिन्हमा मतदान गरि हाम्रो प्यानल लाई विजय गराइदिनहुन सम्पुर्ण न्यायप्रेमी जाल्पादेवी दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु धन्यबाद।
राजनितिक यात्रा:
सानै उमेरदेखि समाजसेवामा लाग्ने मन जाग्यो, अन्याय अत्याचार असमानका लागि आवाज उठाउदै २०५७ सालमा त्रिपुरा सन्दरी मा वि को क्रान्तिकारी ईकाई कमिटी अध्यक्ष भएर काम गरे,ने क पा माओवादीको जिल्ला कमिटी सदस्य हुदै केन्द्रिय महाधिबेशन आयोजक कमिटी सदस्य भएर पनि काम गरे , माओवादी केन्द्र र एमाले एकिकरण हुदा जिल्ला सचिबालय सदस्य भई काम गरे, हाल ने क पा माओवादी केन्द्र अछामको जिल्ला निर्वाचन क्षेत्र न १ प्रदेश क को सँयोजक भएर काम गरिरहेको छु।
सामाजिक कार्यहरुमा:
१. आज भन्दा ७ बर्ष पहिला चण्डिका निवासी चेतमान नागार्जीको मृगौला प्रत्यारोपणमा काठमाण्डौँ ३ महिना बसी सहयोग गरियो ।
२. खप्तड क्षेत्र पर्यटन विकास वोर्ड मा २०६४ सालमा माओवादी जितिसकेपछी खप्तड विकास वोर्डका पहिलो दलित समुदायबाट सदस्य भएर ३ महिना काम गरेको।
३. जाल्पादेविमा खुल्ला दिशा मुत्त क्षेत्र को सँयोजक भएर काम गरेको।
४.त्रिपुरा सुन्दरी क्यामपसमा ६ बर्ष उपाध्यक्ष भई काम गरेको।
५. नेपालको चार धाम मध्यको वैद्यनाथ धाममा दलित समुदायलाई निषेध थियो।२०६३ भदौँ २७ गते विद्रोहगरि मन्दिर प्रवेशमा गराउने काम गरेको।
६. साँफेबगर नगर विकास समिति सदस्य भई काम गरेको।
७ श्री त्रिपुरा सुन्दरी मा वि मा विद्यालय ब्यवस्थापन समितिको अध्क्षय भई काम गरेको।
पाँच वर्ष भित्र जाल्पादेबि मा मैले गर्ने कामहरु यस प्रकार छन :
१. भुमिहिन तथा सुकुम्बासीहरुका लागी लालपुर्जाको पहल गर्ने।
२. दलितमैत्री कार्यक्रम सँस्कतीको सँरक्षण र प्रवद्धन गर्ने।
३. जाल्पादेवीमा सबैलाई विद्युत शुल्क सहुलियत गर्ने।
४. घर घरमा खानेपानीको ब्यवस्था गर्ने।
५. ब्यवसायिक केरा खेती, कुखुरा पालन लाई आदि लाई प्रत्साहित गर्ने।
६. त्रिपुरा मा वि मा ९ देखि १२ सम्म प्राविधिक शिक्षाको सुरु गर्ने ,
७. बुढीगगा, ज्ञानज्योती, खापरमाण्डौँ र सरस्वती आधारभुत विद्यालयमा कक्षा ५ सम्म अंग्रेज़ी माध्यमबाट पठन पाठन र स्तर उन्नती गर्ने।
८. एक टोल एक सहकारी सुपथ मुल्यका पसल सन्चालन गर्ने।
९ .डुडेखोला पैतारा सिचाई कुलो निर्माण गर्नेका लागी प्रदेश र संघीय सरकारमा पहल गर्ने।
१०. क्याम्पसको स्तर उन्नती र स्नाकोत्तर पढाई सन्चालन गर्ने।
११. स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था गर्ने।
१२. श्रीकोटमा निस्केको सुनलाई पुरातत्तो काठमाण्डौमा बाट सुनलाई फिर्ता गरि सङ्गग्रालयका लागि पहल गर्ने र सुरक्षाकालालागी प्रहरी बिट बनाउनमा पहल गर्ने।
१३. किसानका पशु चौँपायको नि:शुल्क बिमा गर्ने।
१४.झकाले रिङ्गरोड लाई पाँच बर्षमा स्तरउन्नती गर्नकालागि प्रदेश र सघिय सरकार मा पहल गर्ने।
१५.गोईलापानी लोली रिङ्गरोड स्तरउन्नती गर्नका लागी प्रदेश र संघिय सरकार संग पहल गर्ने। ।
१६. खेल मैदानको र पार्क निर्माणको काम गर्ने।
१७. बेरोजगार युवा हरुलाई कृषीमा यान्त्रीकरण जस्तै (च्याम्फा टेक्टर थेरेशर) आदीको ब्यवस्था गर्ने।
१८. हाल सम्म जाल्पादेविबाट राजनिती गरेका व्यक्तीत्वहरुको नाम शिला स्तम्भमा राख्ने।
१९. उत्कृष्ट काम गर्ने कर्मचारी वा व्यवसायी लाई सम्मान तथा प्रोत्साहन गर्ने।
२०. खानेपानीको समस्या लाई आवश्कता अनुसार डिप बोरिङ्ग मार्फत न्यूनीकरण गर्ने।
२१. मठ मन्दिरको संरक्षणगरी स्तरउन्नती गर्ने।
२२. ठाँउ ठाँमा प्रतिक्षालय बनाउने।
२३. विदेशियका यवालाई आफ्नो गाँउमा ल्याई पेशा रोजगारी का लागि पहल गर्ने।
२४. विपन्न महिला तथा एकल महिलाहरु लाई स्वरोजगारमुलक तालिम संचालन गर्ने।
२५. जाल्पादेवीको सिमा सम्बन्धी विवाद समाधान गर्न पहल गर्ने ।
२६. एक टोल एक बालीको अबधारण गर्ने।
२७. साँफे सिलगढी सडक खण्ड क्षेत्रको जाल्पादेवी भित्रमा Bio engineer (वृक्षारोपण) को काम गर्ने।
२८.दलित र महिला भवन निर्माण गर्ने।
२९ सार्वजनिक शौचालय र सोलार बत्तीको ब्यवस्था गर्ने।
३०.वडा कार्यलयको निर्माण गर्ने।
३१.जेहेन्दार बिद्यार्थी लाई प्राविधिक शिक्षा हासिल गर्न सहुलियतमा पढ्ने ब्यवस्था गर्ने।
३२.पचाडे देखी भानाबजाउने रोल हुदै छडीखोला कृषि सडक विस्तार गरिने छ।