नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाम गठबन्धनका उम्मेदवारको सचिवालयको उद्घाटन गरीएको छ। बैशाख ३० गते हुन गई रहेको स्थानीय निर्वाचनमा साँफेबगर नगरपालिकाको नगर प्रमुख र नगर उपप्रमुखको सचिवालयको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवरले उद्घाटन गर्नु भएको हो। एक कार्यक्रमको आयोजना गरी सचिवालयको उद्घाटन गरीएको नेकपा एमाले साँफेबगर नगर कमिटीले जनाएको छ। सचिवालय मार्फत निर्वाचनको समयमा सबै वडा तथा टोलहरुमा समन्वय गर्ने पार्टीका प्रचारात्मक क्रियाकलापहरु गर्ने कार्यकर्ता परिचालन गर्ने लगाएतका कार्यहरु गर्न सचिवालयको उद्घाटन गरीएको जनाईएको छ। सचिवालय उद्घाटन कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जयन्द्र स्वार, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सदस्य तथा साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार पशुपति कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बालगिरी कुँवर, जिल्ला कमिटी सदस्य झंकर कुँवर, हिरिण्ड कुँवर, राधिका भुजेल, नेकपा माओवादी केन्द्रका साँफेबगर नगर कमिटी अध्यक्ष तथा साँफेबगर नगरपालिकाको नगर उपप्रमुख पदका उम्मेदवार रंग बहादुर ठकुल्ला, एमालेका नेता तेज बहादुर कुँवर, ढकेन्द्र कुँवर, ललित रैगाई, अनेरास्ववियू क्रान्तिकारीका बैजन्ती कुँवर लगाएतको उपस्थिति रहेको थियो।