१० बैशाख २०७९
साफेबगर : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा साफेबगरले मृत्युदाबी रकम हस्तान्तरण गरेको छ ।
साफेबगर नगरपालिका वार्ड न ५ नवाठाना निवासी स्व: शेर बहादुर कुवरकी श्रीमती चम्फा देवी कुवरलाई रु १लाख ८६ हजार ७ सय ७९को चेक उहाँकै घरमा गैइ हस्तान्तरण गरिएको हो ।
मृत्यु दाबी रकम हस्तान्तरण उप शाखा प्रमुख पुर्ण बहादुर बिष्ट , बिजनेस म्यानेजर गणेश बहादुर कुवर द्वारा गरिएको थियो ।
२०७८ फागुन मसान्त सम्ममा कुल ६ लाख ३४ हजार बीमालेख बिक्री गरी रु ३३ अर्ब ७५ करोड बीमाशुल्क संकलन गरेको छ । कम्पनीको जीवन बीमा कोष रु ३० अर्ब २४ करोड र कूल लगानी रु ३२ अर्ब ४३ करोड रहेको छ ।


