एकीकृत समाजवादी मष्टमाण्डौ बाट अध्यक्ष पदमा राजन भण्डारीको नाम सिफारिस
युवा संघ नेपाल साँफेबगर अछामका अध्यक्ष राजन भण्डारी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी बाट साँफेबगर नगरपालिका वडा न.४ मष्टामाण्डौको वडा अध्यक्ष पदको लागि सिफारिस हुनुभएको छ ।
युवा संघ नेपालबाट राजनीतिमा उदाएका भण्डारी समाजसेवामा आफ्नो पहिचान बनाउन विभिन्न सामाजिक कार्यमा सङ्लग्न रहेका छन । संसद बिगठन विरुद्ध युवाको अग्रमोर्चामा रहि प्रतिगमन विरुद्धको आन्दोलनमा कृयाशिल भुमिका रहेको थियो ।
साथै जिल्लाको बयालपटा अस्पतालमा विभिन्न समयमा रक्तदान कार्यक्रम,बिभिन्न सरसफाइका कार्यक्रम, खेलकुदका कार्यक्रममा अग्रसर भइ युवालाई सामाजिक कार्यमा प्रेरित गर्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुभएको थियो ।
वडा अध्यक्षमा आफुले टिकट पाएमा विकास, सुशासन र समृद्धिका लागि काम गर्ने बताउनु भएको छ ।
सडकको स्तरोन्नति , शिक्षामा गुणस्तर,जनताको जिवनशैली परिवर्तन गर्ने कार्यक्रम अधि बढाउने अध्यक्षका प्रत्यासी भण्डरीको भनाई रहेको छ । यस्तै वडामा कृषि र पशुपालन व्यवसाय क्षेत्रको अवधारणाबाट अधि बढाउने योजना रहेको जानकारी दिए ।