नेकपा एमाले साफेबगर द्वारा चुनाव केन्द्रित विभिन्न समितिहरु गठन


पैरवी खबर

नेकपा एमाले साँफेबगर नगर कमिटीको छैटौँ विस्तारित बैठक पार्टी स्थापना दिवसको अवसरमा विभिन्न निर्णय गर्दै साँफेबगरमा सम्पन्न भएको छ। नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष ललित कुँवरको अध्यक्षतामा बसेको विस्तारित बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन मुल समिति, प्रचार–प्रसार उपसमिति लगाएतका अन्य उपसमितिहरु गठन गरेको छ। यस्तै बैठकलेमा आगमी चुनावमा पार्टीलाई विजय गराउनुका लागि सबै नेता कार्यकर्ताहरुले एकजुट भएर जाने निर्णय गरिएको छ। बैठकका प्रमुख अतिथि नेकपा एमालेका सुदूरपश्चि प्रदेश कमिटी सदस्य देव बहादुर कुँवर रहनु भएको थियो। प्रमुख अतिथी कुँवरले आशन्न स्थानीय निर्वाचनमा पार्टीलाई विजय गराउनका लागी सबै नेताकार्यकर्ताहरुको महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भएको छ। प्रमुख अतिथि कुँवरले सबै वडामा विभिन्न उपसमिति गठन गरेर अघि बढेर आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो। यस्तै बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवर, जयन्द्र स्वार, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम नगर कमिटी इन्चार्ज रमेश कुँवर, जिल्ला कमिटी सचिवालय सदस्य बालगिरी कुँवर, सागर बाब्ली, जिल्ला कमिटी सदस्य बल बहादुर कुँवर, दीपक कुँवर, झंकर कुँवर, पुष्पराज भट्ट, हिरेण्ड कुँवर, उजिर सिंह साउँद, दुधकला बिष्ट, रतन रावल, भरत शाह, रबिन्द्र शाह, राधिका भुजेल, रुप बहादुर कँुवर, चक्र सुनार, शंकर भुल, सुरत भुल, अम्बिका खड्का, लगाएतको उपस्थिति रहेको थियो। यस्तै बैठकमा पूर्व जिल्ला कमिटी सदस्य कमल ओड, जिल्ला कमिटी सल्लाहकार सदस्य मोति सिंह कुँवर, प्रेमराज शर्मा, प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका उपाध्यक्ष एकेन्द्र महता, अनेरास्ववियुका जिल्ला कमिटी सचिव भिम बडाहित, नेपाल उत्पीडित मुक्त समाज नगर कमिटी अध्यक्ष निर्प बिक, अनेरास्ववियुका नगर अध्यक्ष सुरज बुढा लगाएतको सहभागिता रहेको थियो। नेकपा एमाले साँफेबगर नगर कमिटी उपाध्यक्ष ललित नेपालीले स्वागत मन्तव्य राख्नु भएको बैठकको संचालन नगर कमिटी सचिव ललित बोगटीले गर्नु भएको थियो।